विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बहुमत स्वपुँजी रहने गरी अन्नपूर्ण विद्युत् विकास कम्पनी लिमिटेडले निर्माण गर्ने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा लगानीको टुंगो लागेको छ । १६.४० अर्ब रुपैयाँ कूल लगानी अनुमान गरिएको आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको अगुवाईमा ६ वित्तीय संस्थाले लगानी गर्ने भएका हुन् ।

सिंगटी हाइड्रोले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । ७५ प्रतिशत बैंकको लगानी र २५ प्रतिशत स्वपुँजी रहने आयोजनामा माछापुच्छ्रे सहित नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले लगानी गर्ने प्रतिबद्धता सहित आज (आइतबार) सम्झौता भएको छ ।

प्रवर्द्धक कम्पनीका अनुसार आयोजनामा माछापुच्छ्रेले ४ अर्ब, नेपाल एसबीआईले ३ अर्ब, ग्लोबल आईएमईले २ अर्ब, एभरेष्टले १.५० अर्ब, कृषि विकासले १.५० अर्ब र लुम्बिनी विकासले ७५ करोड लगानी गर्ने सम्झौता भएको छ । नेपाल एसबीआईले लगानी गर्ने ३ अर्ब रुपैयाँमध्ये आज (आइतबार) १.५० अर्बको सम्झौता भएको र बाँकी एक साताभित्र हुने कम्पनीका अध्यक्ष बटु लामिछानेले जानकारी दिए । हाल अनुमान गरिएको कूल लगानीको आधारमा यो आयोजना प्रतिमेगावाट करिब १९ करोड रुपैयाँमा पूरा हुने देखिन्छ ।

गत भदौ १३ गते लगानी सम्बन्धी पूर्व–सहवित्तीयकरणमा सहमति भएपछि छोटो समयमै सबै बैंकहरूबाट लगानी गर्ने सहमति जुटेको अध्यक्ष लामिछानेले बताए । ‘हामी यो आयोजना छिट्टै निर्माणमा लैजाँदै छौँ, काम सुरु भएको बढीमा ४ वर्षमा पूरा गर्ने मेरो प्रतिबद्धता छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसमा सिंगटी हाइड्रोको शेयर स्वामित्व बढी रहनेछ ।’

लामिछानेका अनुसार अन्नपूर्ण विद्युत् कम्पनीमा कूल २५ प्रतिशत स्वपुँजीको ५१ प्रतिशत सिंगटीको हाइड्रो लगानी रहनेछ । बाँकी अन्य प्रवद्र्धकबाट जुटाउने तय भएको छ । क्यू४५ डिजाइन डिस्चार्ज रहेको यो आयोजना केही समयपछि क्षमता विस्तार गरी ९९.५ मेगावाट पुग्ने पनि उनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणसँग पोस्टेड  दर (हिउँदमा रु. ८.४० र बर्खामा रु. ४.८०) मा विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको आयोजनाका लागि हिउँद र बर्खाको अवधि ६/६ महिना कायम गरिएको छ । आयोजनाका मुख्य प्रवद्र्धकहरूमा अध्यक्ष लामिछाने सहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्की, उपाध्यक्ष रामप्रसाद आचार्य, कार्यसमिति सदस्य सुसन कर्माचार्य र जलविद्युत् उद्यमी जगतबहादुर पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३