विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वेदशी निजी क्षेत्रले अघि बढाएका मध्ये हालसम्मकै ठूलो ३४१ मेगावाटको बूढीगण्डकी आंशिक जलाशय जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सिल क्लोजर) को तयारी अन्तिम चरणमा पुगेको छ । परियोजनालाई चाँडै निर्माणमा लान वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको हो । यसका लागि लगानीकर्ताहरूसँग छलफल गरी सहमति करिब जुटिसकेको परियोजनाको मुख्य लगानीकर्ता साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठकले ‘ऊर्जा खबर’सँग बताए ।

‘अब छिट्टै नै वित्तीय व्यवस्थापन सक्छौँ र परियोजना निर्माणमा अघि बढाइहाल्छौँ,’ उनले भने, ‘यसका लागि आवश्यक तयारी करिब अन्तिम चरणमा पुगिसकेकाे छ ।’ यस परियोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिमा साहस ऊर्जा लिमिटेडको मुख्य लगानी रहेको छ ।

उनका अनुसार कुल ७० अर्ब (प्रतिमेगावाट २०.५३ करोड) रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा बैंकको ऋण लगानी ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५० करोड रुपैयाँ रहने छ । त्यस्तै, कुल लागतको २५ प्रतिशतले हुन आउने १७ अर्ब ५० करोड रुपैयाँ स्वपूँजी रहेन छ । स्वपूँजी लगानी मध्ये मुख्य लगानीकर्ता साहस ऊर्जाले ५१ प्रतिशतले हुन आउने रकम लगानी गर्ने छ ।

साहस ऊर्जाले ५ मेगावाटको रुरु र ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् परियोजनाको सफलता पूर्वक निर्माण सकेर विद्युत् उत्पादन गरिरहेको छ । विद्युत् उत्पादन परियोजना निर्माणमा अनुभवी कम्पनीको मुख्य लगानी रहेकोले यो परियोजना समयमै निर्माण पूरा भई सञ्चालनमा आउने तथा उच्च प्रतिफल दिने अपेक्षा गरिएको अध्यक्ष पाठकले बताए ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ मा बाँध क्षेत्र पर्ने यस परियोजनाको विद्युत्गृह भने धार्चे गाउँपालिका–३ मा पर्दछ । काठमाडौँबाट १७० किलोमिटर सडक दूरीमा पर्ने परियोजनाको बाँध क्षेत्र र विद्युत्गृहबीचको दूरी १० किलोमिटर रहेको छ । परियोजनाको विद्युत् गृह भूमिगत रहने छ भने आयोजनामा ६.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ । टनेलमार्फत पानीलाई भूमिगत विद्युत्‌गृहमा पुर्‍याइनेछ । विद्युत्‌गृहमा जडान हुने ६ वटा ५७ मेगावाटका टबाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने छ । अधिकांश संरचना भूमिगत रहने भएकाले पहिरो जस्ता विपद्को डर नहुने तथा केन्द्रबाट नजिकको दूरीमा रहेकाले पनि आयोजना आकर्षक देखिएको उनको भनाइ छ ।

वि.सं. २०८७ पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको परियोजनालाई निर्माणमा लान आवश्यक विद्युत् उत्पादन अनुमति पत्र प्राप्त भइसकेको छ । आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) समेत भइसकेको छ । पहुँच मार्गसमेत विस्तार भइसकेको परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्न (ईआईए) प्रतिवेदन भने स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।

वार्षिक १ हजार ८६७.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुने आयोजनाको विद्युत् मुख्य सुख्खा समयमा प्रतियुनिट १०.५५ रुपैयाँ, सामान्य सुख्खा समयमा ८.४० रुपैयाँ र वर्षा समयमा ४.८० रुपैयाँमा बिक्री गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३