विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रले अघि बढाएका ५०.६२ मेगावाटका ब्रम्मायणी र माथिल्लो ब्रम्मायणी जलविद्युत आयोजनाको निर्माण सुरु हुन अझै १ वर्ष लाग्ने भएको छ । सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने ३५.४७ मेगावाटको ब्रम्मायणी र १५.१५ मेगावाटको माथिल्लो ब्रम्मायणीको आयोजना स्थलमा पहुँच सडक पुगिनसकेकाले काम सुरु हुन समय लाग्ने देखिएको हो ।

आयोजना स्थलसम्म पुग्ने ६ किलोमिटर सडकको काम सम्पन्न हुन बाँकी रहेकाले पूर्व तयारीका सबै काम सम्पन्न गरेर निर्माण सुरु गर्न बढीमा १ वर्ष लाग्ने प्रवद्र्धक इन्टिग्रेटेड हाइड्रो फन्ड कम्पनीका अध्यक्ष भरत पराजुलीले बताए । उनका अनुसार पहुँच सडक र आयोजना स्थलमा आवासगृहको निर्माण सम्पन्न भएपछि २०७९ सालको पुसदेखि संरचनाको काम सुरु गर्ने योजना छ ।

‘हाम्रो आयोजना त २०७६ बाटै निर्माण जानु पर्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, कोरोना महामारीका कारण निर्माण सुरु गर्नु पूर्वका कामहरू सम्पन्न हुन नसकेपछि आगामी वर्षबाट मात्रै काम सुरु गर्ने हाम्रो योजना छ ।’ उनले कोरोना महामारीको असरले आयोजनाको निर्माण लक्ष्यभन्दा २ वर्ष धकेलिन पुगेको बताए ।

अहिलेसम्म आयोजना स्थलसम्म पुग्न आवश्यक १६ किलोमिटर मध्ये १० किलोमिटर पहुँच सडक तयार भइसकेको उनले जानकारी दिए । बाँकी ६ किलोमिटर सडक अबको ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

अहिले स्वपुँजी लगानीको रकम आयोजनाको काममा खर्च गरिरहेको पराजुलीले बताए । ऋण लगानीका लागि बैंक तथा वित्तीय संस्थासँग सहमति भइसकेकाले अबको १ महिनाभित्रमा सम्झौता हुने पनि उनले बताए ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । दुवै आयोजना सम्पन्न गर्न १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

ब्रम्मायणीको ७ अर्ब र माथिल्लो ब्रम्मायणीको अनुमानित लागत ३ अर्ब रुपैयाँ छ । नेपाल विद्युत प्राधिकरणले दुवै आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न गरिसकेको छ । आयोजनाले उत्पादन गर्ने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्ने गरी पिपिए भएको छ ।

आयोजनाबाट हिउँद याममा पनि जडित क्षमताको ३१ प्रतिशत विद्युत उत्पादन हुने हुँदा हिउँद र बर्खाका लागि ६÷६ महिना तोकिएको छ । आयोजना निर्माण सम्पनन भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत पाङताङ सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit