विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १० करोड ५९ लाख १ (१ बराबर १) कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीको असार ३० गते (बिहीबार) बसेको सञ्चालक समितिको २५७औं बैठकले उक्त निर्णय गरेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले आगामी १४औं वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत गरेको छ ।

सञ्चालक समितिबाट निर्णय गरी विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई जानकारी गराएको छ । यसअघि आयोगले चुक्ता पुँजीको १ बराबर १.५ हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा लैजान अनुमति दिएको थियो तर कम्पनीको सञ्चालक समितिमा छलफल गरी हाललाई १ बराबर १ को अनुपातमा निष्कासन गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड १०० रुपैयाँ रहेकोमा उल्लेखित अनुपातमा हकप्रद सेयर जारी गरेपछि २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ । वार्षिक साधारणसभाले सञ्चालक समितिको निर्णय स्वीकृत गरेपछि पुनः निष्कासन गर्ने स्वीकृतिका लागि आयोग पठाउनुपर्छ ।

हरेक आर्थिक वर्षको ६ महिनाभित्र अर्थात् पुसभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान रहे पनि कम्पनीको आर्थिक वर्ष २०७८/७९ को साधारणसभा भएको छैन । अब यो वर्ष दुई वटै आर्थिक वर्षको साधारणसभा गरेर हकप्रद सेयर निष्कासन सम्बन्धी विषय पारित गर्नुपर्ने हुन्छ ।

आयोजना निर्माणको लागत तोकिएको लागतभन्दा दोब्बर बढी पुगेको र वर्षौंसम्म लगानीकर्ता तथा सेयरधनीलाई लाभांश वितरण गर्न गाह्रो हुने वा समय लाग्ने भएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको देखिन्छ । साथै, कम्पनीले नै निर्माण गरिरहेको २० मेगावाटको रोल्वालिङ खोलामा लगानी गर्न आवश्यक पुँजी व्यवस्था गर्न पनि यसो गर्न लागेको देखिएको छ ।

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँमा टुंगो लागेको कम्पनीले जानकारी दिएको छ । यद्यपि, यसअघि कूल लागत ९० अर्ब रुपैयाँ पुगेको बताइएको थियो । यसको आधारमा माथिल्लो तामाकोसी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको छ । कम्पनीका अनुसार कूल लागतमध्ये ५२ अर्ब रुपैयाँ खूद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत खर्च निस्केको छ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit