काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले साधरण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले २०८० जेठ २ गते (मंगलबार) अनुमति प्रदान गरेको हो ।
सय रुपैयाँ अंकित २ करोड ४३ लाख ६७ हजार ५ सय रकम बराबरको २ लाख ४३ हजार ६ सय ७५ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरी दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको दोलखा जिल्लाको भिमेश्वर गाउँपालिकमा ९९८ किलोवाट क्षमताको सुस्पा बुखरी साना जलविद्युत आयोजना सञ्चालनमा छन् ।