विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मन्दाकिनी हाइड्रो पावर लिमिटेडले साउन ९ गतेदेखि ११ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कास्की जिल्लाको सार्दी खोलामा रहेको ४ मेगावाटको सार्दी खोला जलविद्युत केन्द्रले सर्वसाधारण्का लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात ५८ हजार ८ सय ३ कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत हुन आउने अर्थात २३ हजार ५ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । 

बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ता सेयर सर्वसाधारण्का लागि निष्कासन गरिनेछ । 

सर्वसाधारणले छिटोमा साउन १२ गते र ढिलोमा साउन २३ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओेके क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले कास्की जिल्लाको सार्दी खोलामा रहेको ४ मेगावटको सार्दी जलविद्युत केन्द्रले २०७४ मंसिर २३ गतेदेखि निन्तर विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit