काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माइखोला हाइड्रो पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत लाभांश पारित भएकाे छ । कम्पनीकाे बुधबार सम्पन्न साधारणसभाले लाभांस पारित गरेकाे हाे ।
कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई १० प्नतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेकाे हाे । सगरमाथा जलविद्युत कम्पनीले ९.६ मेगावाको सुपरमाई ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । याे आयोजनाले २०७७ जेठ २३ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।
यस्तै, माइखोला हाइड्रोकाे ३ मेगावाटको माइखोला क्यासकेड सञ्चालनमा छ । यो कम्पनीले २०७७ असार ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।