images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सुनसान जस्तै हुँदै जान थालेको दोलखा सदरमुकाम चरिकोट बजारमा केही दिन यता चहलपहल बढेको छ । बैंक तथा सेयर कारोबार हुने ब्रोकर हाउसमा लाइन बढेको छ । यसको मुख्य कारण अरू नभएर अपर तामाकोसी हाइड्राे पावर कम्पनीको हकप्रद सेयरका लागि हो ।

नेपालकै सबैभन्दा ठूला माथिल्लो तामाकोसी जलविद्युत आयोजनास्थल रहेको दोलखाबासीले १० प्रतिशत सेयर लगानी गर्ने अवसर पाएका छन् । ५ वर्षअघि स्थानीय दोलखाबासीले तामाकोसीको सेयरमा आवेदन गरे । त्यसबेला, पनि चर्को भीडभाड थियो ।
५ वर्षअघि आवेदन गर्दा पुरानै प्रक्रिया अनुसार कागजी फाराम भरेर आवेदन दिएका कारण अहिले अभौतिकरण गर्नुपर्ने भयो । अभौतिकरण गर्न डिम्याट खाता खोल्नुप¥यो । डिम्याट खाताका लागि बैंक खाता पनि चाहिने भएकाले पनि डिम्याट खाता खोल्नका लागि अहिले भीडभाड बढिरहेको छ ।

अपर तामाकोसीले १ः१ हकप्रद सेयर निष्कासनको तयारी गरिरहेको छ । दोलखा तामाकोसीबाट प्रभावित क्षेत्र भएकोले पनि यहाँ भीड बढ्नुलाई स्वभाविक मान्नुपर्छ । कम्पनीले २०७५ साल भदौमा साधारण सेयरमा आवेदन गर्दा कोही नछुटुन् भनेको थियो । सर्वसाधारणलाई पनि अपर तामाकोसीमा आफू पछि परिने हो कि भन्ने लागेर उत्साहका साथ सेयर भरे । 

स्थानीयबाट १ अर्ब ६ करोड रुपैयाँ रकमको सेयर आवेदन माग गरेकोमा त्यसको ६ गुणा बढी माग भयो । यो नेपाली सेयर इतिहासमै स्थानीय आयोजना प्रभावितको तर्फबाट भएको ऐतिहासिक लगानी थियो । तर, सर्वसाधारणभन्दा पनि कम अर्थात् ३४ कित्ता मात्र सेयर पाएपछि स्थानीयले भने चित्त दुःखाए । अहिले हकप्रद सेयरमा आफू छुटिने हो कि भनेर पनि अहिलेदेखि तयारी स्वरूप खाता व्यवस्थापनमा लागेका छन् ।

धितोपत्र ऐन २०६३ लाई संशोधन गर्दै २०७३ जेठ १२ गतेदेखि त पूर्ण रूपमा डिजिटल भयो । यसबाट लाइन बसेर कागजी आवेदन गर्ने र कागजी किनबेच गर्ने युगको अन्त्य भएर नेपालको धितोपत्र बजारमा कार्यान्वयन गरिएका सुधार तथा डिजिटाइजेसनको आधुनिक युग सुरु भएको भयो ।

कानुनी रूपमै लागू भएको ऐनलाई समेत तामाकोसी कम्पनीले निस्क्रिय बनाएर दोलखालीका लागि मात्र कागजी आवेदनको प्रक्रिया गरियो । त्यतिबेला, चर्को राजनैतिक दबाब पनि परेको थियो र धितोपत्र बोर्डले समेत केही गर्न सकेको थिएन । त्यही बेलासम्म एक लाखभन्दा बढीको डिम्याट खाता खुलिसकेको थियो । डिम्याट खाता हुनेहरूले फारममा उल्लेख गरे तर सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी लिएको नागरिक लगानी कोष र सनराइज क्यापिटलले त्यसलाई बेवास्था गर्दा अहिलेसम्म १ लाख ९० हजार बढी दोलखालीको सेयर डिम्याट खातामा जम्मा हुन सकेको छैन ।

तामाकोसीकै सेयरका लागि हरेक वडामा स्थानीय तहसँगको समन्वयमा डिम्याट खाताको अभियान नै सञ्चालन भयो तर अहिले पनि खातामा ४० प्रतिशत पनि सेयर जम्मा नहुँदा खाता नै नखुलेको बहस चलेको छ । खाता खोल्नुपर्ने चर्चा छ । हकप्रदका लागि धेरै बैठक छलफल हुँदैनन् तर जलविद्युतमा ठूलो कम्पनीको जिल्लाभरिका नागरिक सेयर धनी भएकाले अपर तामाकोसीको सवालमा दोलखामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भइरहेका छन् तर दोलखालीका लागि डिम्याट खाताको समस्या पक्कै होइन ।

२ लाख ७६ हजारको आवेदन तामाकोसी सेयरमा परेको छ । यो स्थानीयको तर्फबाट भएको आवेदन ऐतिहासिक हो । सिडिएसको तथ्याङ्क अनुसार २ लाख २० हजार दोलखालीको डिम्याट खाता खुलिसकेको छ । यस आधारमा झण्डै ८० प्रतिशत दोलखालीसँग डिम्याट खाता छ तर कतिले खाता मात्र खोलेर बसेका छन् भने कतिपयको खाता भएर पनि विभिन्न झन्झाटले सनराइज क्यापिटलकै कारण सेयर जम्मा हुन सकेको छैन । 

डिजिटाइजेसनका कारण आम लगानीकर्तालाई समय र पैसाको बचत अनि सुविधा थपिएको छ । खासगरी, सेयर प्रमाणपत्रहरुको डि–म्याट तथा अभौतिकीकरण तथा बैंकबाटै सेयर खरिद–बिक्रीका निम्ति आस्बा जस्ता प्रणालीले सेयर किनबेच कम झन्झटिलो र छरितो बनेको छ । यस्तो, अवस्थामा पुरानै तरिकाले आवेदन गराउँदा अधिकाश सेयर ५ वर्ष बितिसक्दा पनि स्थानीयबासीको अपर तामाकोसीको सेयर खातामा जम्मा हुन सकेन । त्यसकै लागि पाएको सेयरको मूल्यभन्दा बढी खर्च गरेर अनेक क्षेत्रमा भौतारिन अहिले बाध्य छन् ।

डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक गर्ने प्रक्रिया हो । यो पनि बैंक खाता जस्तै हो । यस्ता खातालाई हितग्राही खाता पनि भनिन्छ । विश्वमा अहिले कागजबिहीन सेयर कारोवारको विकास भैरहेको छ । यसले सेयरको कारोबार छिटो छरितोरुपमा गर्न सघाउँछ ।

सेयरको अभौतिकीकरणले कुनै पनि कम्पनीको सेयर घरमा चाङ लगाएर राख्नुपर्दैन । जसबाट सेयर हराउने, च्यातिने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ । सेयरको डिम्याट गर्नका लागि केन्द्रीय निक्षेप सेवा (सीडीएस) बाट सदस्यता लिएको निक्षेप सदस्यमार्फत खाता खोली भौतिकरूपमा रहेको सेयर प्रमाणपत्रहरुलाई अभौतिकीकरण गर्न सकिन्छ ।

नेपालमा पनि सेयर बजार सम्बन्धी कामलाई छिटो छरितो बनाउन डि–म्याट सेयरको कारोबार सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ पूर्ण कार्यान्वयनमा ल्याइसकेको छ । २०७४ जेठ १२ गतेदेखि धितोपत्र बोर्डले उक्त निर्देशिका लागू गराइसकेको छ । सार्वजनिक निष्कासनमा आवेदन दिँदा लगानीकर्ताहरूले हितग्राही नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था भएबाट हाल सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरिएको छ ।

धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजेटरी पार्टिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ । हाल धितोपत्र दलाल, बैंक बित्तीय संस्था, मर्चेन्ट बैंकर लगायतले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन् ।

आफूलाई पायक पर्ने कुनै पनि कम्पनीमा गएर डिम्याट खाता खोल्न सकिन्छ । त्यसका लागि पहिले लगानीकर्ताले एउटा फोटो र नागरिकताको प्रतिलिपी लिएर डिम्याट खाता खोल्न कुनै डीपीमा जानुपर्छ । नाबालकको हकमा भने उसको फोटो, जन्मदर्ताको फोटोकपी, संरक्षकको फोटो, नागरिकताको फोटोकपी र बैंक खाता नम्बर चाहिन्छ । दोलखाको जिल्लाभित्रै बस्नेहरूले सदरमुकाममा ब्रोकर सहित बैंकका १४ वटा र सदरमुकाम बाहिर १६ वटा बैंक शाखाबाट खाता खोल्न सकिन्छ ।

एकजना व्यक्तिले बढीमा दुई वटासम्म डिम्याट खाता खोल्न सकिन्छ तर दुई वटा खाता हुँदैमा एकजना व्याक्तिले आइपिओमा दुइटा आवेदन दिन पाउँदैन । तसर्थ, दुइटा खाता खोल्नुको कुनै औचित्य हुँदैन । आफूसँग कुनै कम्पनीको सेयर नभए पनि डिम्याट खाता खोल्न सकिन्छ । खाता खोलिसकेपछि लगानीकर्तालाई निक्षेप सदस्यले १६ अंकको हितग्राही परिचयपत्र नम्बर (बिओआईडी) र आवश्यकता अनुसार चेकबुक प्रदान गर्दछन् ।

आइपिओमा स्थानीयलाई डिम्याटबिना आवेदन गर्न दिँदा अहिले त्यो सास्ती भोग्दै छन् । तथापि, फेरि धेरै स्थानीय हकप्रदबाट वञ्चित हुने अवस्था भएपछि दोलखाका राजनैतिक नेता, जनप्रतिनिधि, नागरिक समाजले पुरानै माग दोहोर्याएका छन् । सकेसम्म डिम्याट खाता खोल्न कुनै कारणबस डिम्याट खाता खोल्न नभ्याएकाहरूका लागि पनि हकप्रदबाट वञ्चित नगराउने निर्णय समेत भएको छ । डिम्याट खाता नभए तापनि हकप्रद हाल्न पाइन्छ भनेर ढुक्क भएर चाँही नबसौं भविष्यमा बोनस र लाभांश प्राप्त गर्न डिम्याट खाता अनिवार्य नै भएकाले पछि फेरि झन्झट व्यहोर्नुभन्दा अहिले नै डिम्याट खाताबाटै आवेदन गर्दा नै बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit