विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत् विकासमा लगानी व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले अहिले सम्म आफ्नो लगानीको दायरा करिब १४ अर्ब रुपैयाँ पुर्याएको छ । यसमा स्वपुँजी (इक्विटी) र ऋणसमेत समेटिएको छ ।

कम्पनीका अनुसार २०७७ चैतसम्म कूल १३ अर्ब ९४ करोड रुपैयाँ लगानीमध्ये ७ अर्ब ४१ करोड रुपैयाँ स्वपुँजी र ६ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी भएको छ । कूल लगानी मध्ये अहिलेसम्म ५ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । यसमा  ऋण र स्वपुँजीका हिस्सा क्रमशः ३ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ६ करोड रुपैयाँ छ ।

२०६८ सालमा स्थापना भएको कम्पनीले अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेका र निर्माणाधीन जलविद्युत् आयोजनामा ६ अर्ब ५२ करोढ ९७ लाख रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ । यसमध्ये ३९५.६ मेगावाटका ती आयोजनामा अहिलेसम्म ३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ खर्च भइसकेको कम्पनीले जानकारी दिएको छ ।

१८ मेगावाटको माथिल्लो सोलु खोलादेखि ८२ मेगावाटको तल्लो सोलु तथा ८६ मेगावाटको सोलु–दूधकोसीमा कम्पनीले लगानी गरेको छ । कम्पनी लगानी गरेका २२ मेगावाटको बागमती स्मल, २३.५ मेगावाटको सोलु खोला, ४२ मेगावाटको मिस्ट्री खोला निर्माण पूरा भई सञ्चालनमा आइसकेका छन् ।

यसैगरी, २७ मेगावाटको दोर्दी खोला र ३० मेगावाटको न्यादी निर्माण पूरा हुने चरणमा छन् । तल्लो सोलु, सोलु–दूधकोसी, माथिल्लो सोलु, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ र तल्लो लिखुको निर्माण क्रमशः ८० प्रतिशत, ८५ प्रतिशत, ६५ प्रतिशत, ४५ प्रतिशत र ६० प्रतिशत पूरा भएको छ ।

कम्पनीले अहिलेसम्म ६५६.३ मेगावाटका ५ जलविद्युत् आयोजनामा ६ अर्ब ४८ करोड ५० लाख रुपैयाँ स्वपुँजी लगानी गरेको छ । जसमध्ये ७० करोड ६० लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । स्वपुँजी लगानी गरिएका आयोजनाहरू ७७.५ मेगावाटको घुन्सा खोला, ७०.३ मेगावाटको सिम्बुवा खोला, ४२६ मेगावाटको फुकोट कर्णाली, ५७.५ मेगावाटको नुप्चे–लिखु र २५ मेगावाटको सेती नदी छन् ।

यस्तै, जलविद्युत्सँग सम्बन्धित ५ कम्पनीमा ९२ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । जसमध्ये ३५ करोड ७० लाख रुपैयाँ खर्च भएको जनाइएको छ । स्वपुँजी लगानी भएका कम्पनीहरूमा एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड, पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड, नेपाल पावर टे«डिङ कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेड छन् ।

कम्पनीले चीनको पावर चाइनासँग मिलेर १५६ मेगावाटको माडी र ७५६ मेगावाटको तमोर जलाशय आयोजनाको अध्ययन गरिरहेको छ । यी आयोजनाको अध्ययनमा अहिलेसम्म ३ करोड ४० लाख रुपैयाँ खर्च भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit