विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–भारत टीओईको बैंठक सम्पन्न

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ समूह (टीओई) को बैंठकले प्रतिवेदनलाई दुई साता (१५ दिन) भित्र परिमार्जन गरी पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । साउन ५ र ६ गते नयाँ दिल्लीमा भएको विज्ञ समुहको बैंठकले प्रतिवेदन परिमार्जन गरी पेस गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिने निर्णय गरेको हो ।

विज्ञ समूहको यस अघिका बैठकहरूमा भएका सहमति तथा महाकाली सन्धीको मर्मत अनुरुप पञ्चेश्वरको डिपिआरलाई १५ दिनभित्र परिमार्जन गरी पेश गर्न परामर्शदातालाई निर्देशन दिने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव मधु भेटुवालले जानकारी दिए ।

यसैगरी बैठकले तीन साताभित्र विज्ञ समूहको अर्को बैठक बसी डीपीआरलाई अन्तिम रुप दिने निर्णय भएको जनाइएको छ । विज्ञ समूहको बैठकको नेतृत्वमा नेपाल सरकारको तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव शुशीलचन्द्र तिवारी र भारत सरकारको तर्फबाट केन्द्रिीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहोराले गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठ १७–२० गते भएको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई तीन महिनाभित्र टुंगो लगाउने गरी दुई देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न विज्ञ समूहको बैठक बसेको हो ।

गत असार २१–२२ गते पोखरामा सम्पन्न भएको नेपाल–भारत पञ्चेश्वर विकास प्राधिकरणको नियामक मण्डल (गभर्निङ बडी) को बैठकले तीन महिनाभित्र डीपीआर टुंगो लगाउने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३