विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजनाको लिखु खोलातर्फको १४२६ मिटर मुख्य सुरुङ खन्ने काम पूरा भएको छ । बुधबार उक्त दूरीको सुरुङको काम सकिएको प्रवर्द्धक कम्पनी भिजन इनर्जी एन्ड पावर लिमिटेडले जानकारी दिएको छ ।

नुप्चे र लिखु खोलामा अलग–अलग बाँध निर्माण गरी दुई वटा सुरुङ खनेर ल्याइएको पानी एकै विन्दुमा मिसाइ विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम भइरहेको छ । नुप्चे खोलातर्फको १६७७ मिटरको सुरुङको काम तीव्रताका साथ अगाडि बढिरहेको जनाइएको छ ।

कुल ८.२ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेमा नुप्चे र लिखु खोलाको पानी एकै ठाउँमा मिसाएपछि त्यहाँबाट पुनः ३२०५ मिटरको सुरुङ, ३०० मिटरको अर्को ठाडो सुरुङ तथा विद्युत्‌गृहसम्म पानी पुर्‍याउन १६०० मिटरको पेनस्टक सुरुङ खन्नुपर्छ ।

कामले तीव्रता लिइरहेको हुँदा तोकिएको समयभित्रै निर्माण पूरा गर्न आयोजनाका सम्पूर्ण कर्मचारीहरू अहोरोत्र खटिइरहेको कम्पनीका कार्यकारी अध्यक्ष टिएन आचार्यले बताए । उच्च हिमाली क्षेत्रमा निर्माणाधीन आयोजनाको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाइमा र विद्युत्गृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ ।

हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू–४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २४ किलोमिटर दूरीमा निर्माण भई सञ्चालनमा रहेको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौं, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना हो । यही कारण आयोजना बढी प्रतिफलयुक्त, कम जोखिमपूर्ण र दक्ष व्यवस्थापन तथा सुशासनयुक्त देखिएको छ ।

आयोजनाको थप विवरण

आयोजनको नाम : नुप्चे–लिखु जलविद्युत आयोजना

प्रवर्द्धक : भिजन इनर्जी एन्ड पावर लिमिटेड
आयोजनास्थल : रामेछाप
क्षमता : ५७.५ मेगावाट
निर्माण सुरु भएको मिति : २०७८ असोज १२ गते
मुख्य सुरुङ : ८.२ किलोमिटर
प्रसारण लाइन : १३२ केभी, २४ किलोमिटर
विद्युत जोडिने स्थान : गर्जाङ खिम्ती १३२ केभी सबस्टेसन
अनुमानित लागत : १० अर्ब ५७ करोड ८० लाख रुपैयाँ
लगानी संरचना : ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३