विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूमा कुनै पनि समय विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन उच्च सतर्कता अपनाउँदै वैकल्पिक आपूर्तिको व्यवस्था गरेको छ । कोरोना महामारीको समयमा अक्सिजनको उच्च माग रहेको र यस्ता उद्योगहरू एकैछिन पनि बन्द हुन नहुने पक्षलाई ध्यान दिँदै यसो गरिएको हो ।

अक्सिजनको माग देशका उद्योगहरूबाट पूरा गर्नैपर्नेे हुँदा विद्यमान उद्योग चौबीसै घन्टा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भइरहेको । यस कठिन परिस्थितिमा अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत् आपूर्ति निरन्तर गर्न संवेदनशील भएर काम गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

अक्सिजनको अभाव पूर्ति गर्न अस्पताल र अक्सिजन उद्योगहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरणले आधा दर्जन उपाय अवलम्बन गरेको छ । प्राधिकरणका अनुसार हाल देशभर ५३ (१७ अस्पताल र ३६ उद्योग) अक्सिजन उद्योगहरू छन् । ती मध्ये ८ वटामा वैकल्पिक आपूर्तिको व्यवस्था गरिएको छ । अन्य ६ वटामा वैकल्पिक फिडरको निर्माण सम्पन्न हुने क्रममा छ ।

हाल वैकल्पिक फिडर नभएका हाम्रो अक्सिजन ग्याँस उद्योग, (ककनी), सोपान अक्सिजन लुभु, सिद्धि विनायक अक्सिजन गैंडाकोट लगायत उद्योगहरूमा उद्योगभन्दा अगाडि ११ केभी लाइनमा आइसोलेटर राखिएको प्राधिकरणले जानकारी दिएको छ । कुनै कारणवश लाइन अवरुद्ध हुन गए आइसोलेटर काटी अक्सिजन उद्योगसम्म तत्काल विद्युत् सुचारु गर्न सकिने व्यवस्था मिलाइएको शाक्यले बताए ।

‘नेपाल कोरियन मैत्री अस्पताल, ठिमीलाई अक्सिजन उद्योग सञ्चालनार्थ विद्युत् क्षमता वृद्धि गरिएको छ,’ उनले भने, ‘विनायक अक्सिजन उद्योग, दुहबीको विद्युत् क्षमता ४५० केभिएबाट ६०० केभिएमा वृद्धि गरिएको छ ।’

केही अक्सिजन उद्योगलाई विद्युत् महसुल बाँकी बक्यौता भए पनि नियमानुसार पछि भुक्तानी गर्ने गरी हाल लाइन सुचारु गरिएको छ । अक्सिजन उद्योग र अस्पतालमा निरन्तर विद्युत आपूर्ति गर्न वितरण केन्द्रका नो लाइट फाँटहरूमा चौबीसै घन्टा ड्युटीको व्यवस्था मिलाइएको शाक्यको भनाइ छ ।

उद्योगहरूमा निरन्तर विद्युत् आपूर्तिलाई सहज बनाउन केन्द्रीय र प्रादेशिकस्तरमा स्थानीय प्रशासन, प्राधिकरणका वितरण केन्द्र प्रमुख र अक्सिजन उद्योगका प्रतिनिधि समेत राखी सामाजिक सञ्जाल (भाइबर र वाट्स एप) मार्फत समस्याको जानकारी लिने÷दिने र समन्वय गरी तत्काल समाधान गर्ने निर्णय गरिएको छ ।

आवश्यक समन्वयका लागि बागमती प्रादेशिक कार्यालय प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा प्रदेश १ प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी, लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुर, सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठ र बागमती प्रदेशका उपप्रबन्धक सूर्यनारायण मण्डल छन् ।

संयोजक पाण्डे, तिवारी, ठाकुर, श्रेष्ठले सम्बन्धित प्रदेशका अक्सिजन उद्योगलाई समन्वय गर्ने निर्णय भएको छ । ठाकुरलाई लुम्बिनी प्रदेशसँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रहेका उद्योगसँग पनि समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

अस्पताल, अक्सिजन उद्योग तथा सोसँग सम्बन्धित अति आवश्यक कार्यका लागि प्रभावकारी विद्युत् व्यवस्थापन गर्न प्राधिकरण उच्च व्यवस्थापनबाट ‘कोभिड–१९ संकट व्यवस्थापन कमिटि (सिसिएमसी) कार्यालयसँग समन्वय गर्दै प्राप्त निर्देशनअनुसार काम गरिरहेको पनि प्राधिकरणले जनाएको छ ।

शाक्यले अक्सिजन उद्योगहरूको स्थलगत अवलोकन भ्रमणपछि यस्ता उद्योगलाई डिमाण्ड शुल्क छुट दिन उचित हुने भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गरेका थिए । उक्त कुरा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले तत्काल स्वीकारी मन्त्रालयबाट आजै (बैशाख ३१ गते) यससम्बन्धी निर्णय गरेका छन् । उनले उक्त विषय मन्त्रिपरिषद्बाट निर्णयार्थ पेश गर्ने पनि तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit