विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको संक्रमण बढ्दै गएपछि देशभर लगाइएको निशेधाज्ञाका कारण विद्युतको उच्च मागमा गिरावट आएको छ । निशेधाज्ञामा उद्योग धन्दा ठप्प हुँदा विद्युतको उच्च मागमा पनि कमी आएको हो ।

निशेधाज्ञा सुरु हुनुअघि गत बैशाख १३ गते विद्युतको उच्च माग १४ सय ८२ मेगावाट पुग्यो । तर, १६ गतेपछि उपत्यकासहित देशका विभिन्न जिल्लामा निशेधाज्ञा लाग्न थालेयता उच्च माग क्रमशः घटिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बिहीबारको उच्च माग ११ सय ४७ मेगावाट छ । यो माग बैशाख १३ गतेकोभन्दा ३ सय ३५ मेगावाट कम हो । बुधबारको माग ११ सय ७० मेगावाट थियो । बुधबारको तुलनामा बिहीबारको माग २३ मेगावाट कम हो ।

बढी विद्युत खपत गर्ने उद्योगको काम प्रभावित हुँदा माग घटेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । ‘निशेधाज्ञा अघिसम्म विद्युत माग १५ सय मेगावाट नजिक पुग्न लागेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘निशेधाज्ञा जारी भएदेखि भने माग क्रमशः घटिरहेको छ ।’

उनले केही दिनदेखि नियमित वर्षा भइरहेकाले तराईको खपत कम भएकाले पनि उच्च मागमा गिरावट आएको बताए । जाडोयाममा उपत्यकासहित हिमाली तथा उच्च पहाडी क्षेत्रमा विद्युत खपत बढ्छ भने गर्मीमा तराईको माग बढी हुने गरेको छ ।

अहिले तराईमा गर्मी बढिनसकेकाले एसी, पंखा, कुलरलगायत उपकरण नचल्दा घरायसी मागसमेत घटेको उनले बताए । निशेधाज्ञा अवधिभर उच्च माग अहिलेको भन्दा बढ्ने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । गत वर्ष पनि निशेधाज्ञा र लकडाउनका कारण विद्युतको माग ६ सय मेगावाट हाराहारीमा झरेको थियो ।

विद्युत खपत कम हुँदा भारतबाट हुने आयात परिमाण पनि घटेको छ । बुधबार ४ सय २ मेगावाट विद्युत आयात भएकोमा बिहीबार २ सय ३९ मेगावाट हाराहारीमा मात्रै विद्युत आयात भएको तिम्सिनाले बताए । 

प्राधिकरणले यसअघि यो वर्ष सुख्खा याममा आन्तरिक उत्पादन अपुग हुँदा भारतबाट ८ सय ४७ मेगावाटसम्म विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन गरेको थियो । नदी तथा खोलामा पानीको सतह बढ्दै गएकाले स्वदेशी जलविद्युतगृहको उत्पादन पनि बढ्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit