काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् । मन्त्रीका लागि उक्त कार्यकक्षको कुनै औचित्य नरहेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।
घिसिङको निर्देशनअनुसार मगंलबार मन्त्रालयले एक सूचना जारी गर्दै उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न भनिएको छ । निवर्तमान मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक हुँदा तथा अन्य कामको निरीक्षणका क्रममा कर्मचारीसँग बसेर समस्या तथा गुनासो सुन्न र तिनको समाधान खोज्नका लागि आवश्यक रहेको भन्दै कार्यकक्ष बनाउन लगाएका थिए ।
