विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको ठेक्का इटालीको ट्रोयर एजीले पाएको छ । यससम्बन्धी ठेक्का सम्झौता भएको कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा ट्रोयरका प्रमुख ह्यान्सपिटर स्कोल्झोर्न, बिक्री विभाग प्रमुख पवन ढकाल, ट्रोयर हाइड्रो प्रालि इन्डियाका अध्यक्ष र  प्रवर्द्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत अपिकै बहुमत सेयर (५१ प्रतिशत) लगानी रहने कम्पनी दिव्यज्योति हाइड्रोपावरले 
लमजुङको बेँसीसहर नगरपालिकामा उक्त आयोजना निर्माण गर्न लागेको हो ।

सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत् उत्पादन गर्न सक्षम हुने अवस्थामा ल्याउने छ ।

करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट प्रवाह हुने छ । आयोजनाबाट साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिने छ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।

यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेँसी जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो । आर्थिक र प्राविधिक मूल्याङ्कनपछि उपयुक्त देखिएको कारण उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अब अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३