विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

हिले (धनकुटा) । भारतीय एक्जिम बैंकले निर्माण सम्पन्न भई सञ्चालनमा आएको २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड नेपाललाई हस्तान्तरण गरेको छ । एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रसारण लाइनको पहिलो खण्ड सम्पन्न भएको साँचो हस्तान्तरण गरेका हुन् । 

प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड निर्माण सम्पन्न भई गत भदौ २ गतेदेखि ३३ केभीमा सञ्चालन गरिएको छ । यो खण्ड सम्पन्न भई सञ्चालनमा आएको अवसरमा धनकुटाको हिलेमा विशेष कार्यक्रम गरी एक्जिम बैंकले प्रसारण लाइन नेपाललाई हस्तान्तरण गरेको हो ।

पहिलो खण्ड अन्तर्गत सुनसरीको इनरुवादेखि तेह्रथसमको बसन्तपुर, संखुवासभाको बानेश्वर हुँदै तुम्लिङटारसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिएको छ । डबल सर्किट प्रसारण लाइनको टावर निर्माण गर्ने तथा एउटा सर्किटको तार तान्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

एक्जिम बैंक र विद्युत प्राधिकरणले हिलेमा संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रसारण लाइनको पहिलो खण्ड सम्पन्न भएको घोषणा गरियो । ११ करोड २० लाख अमेरिकी डलर लागत अनुमान गरिएको प्रसारण लाइनमा एक्जिम बैंकले ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ ।

कोरिडोरको पहिलो खण्डको तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट, दोस्रो खण्ड ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट  र बसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । यो प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउँदा प्रदेश–१ का सबै जिल्लामा दिगो र गुणस्तरीय विद्युत पहुँच पुर्याउन सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कोरिडोरकै प्रसारण लाइन निर्माण सम्पन्न भएपछि प्रदेश–१ को विद्युत प्रसारण तथा वितरण प्रणालीका लागि मेरुदण्ड तयार हुने बताए । उनले निर्माण पूरा भएपछि कोसी र काबेली कोरिडोर प्रसारण लाइन ‘लिंक’ गरिने बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर नदी बेसिनका जलविद्युत आयोजनाको विद्युत ग्राहकसम्म पुर्याउने पूर्वाधार तयार भएको बताए । प्रसारण लाइन निर्माणले निजी क्षेत्रलाई तमोर अरुण बेसिनमा लगानीका लागि प्रोत्साहन गरेको बताए ।

नेपालस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या सी खाम्पाले भारतले जारी गरेको अन्तरदेशीय विद्युत व्यापार सम्न्धी निर्देशिकाले नेपालका लागि भारतसँग विद्युत आदान–प्रदान गर्न सक्ने बाटो खुलाएको बताइन् । धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण कोसी करिडोरले देखाएको बताए । उनले अब विद्युत सेवा दिगो र गुणस्तरीय बनाउन प्राधिकरणलाई सुझाव दिए ।

नीजि तथा सरकारी लगानीमा निर्माण हुने जलविद्युत आयोजनाको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर गरी प्रसारण लाइनको दोस्रो सर्किटको तार तान्ने तथा सबस्टेसनहरूमा पावर ट्रान्सफर्मर थप गरी स्तरोन्नति गर्ने प्राधिकरणको योजना छ । दोस्रो सर्किटको तार तान्न तथा सबस्टेसनको स्तरोन्नति गर्न ४ करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ । लगानी जुटाउन प्राधिकरणले भारतीय एक्जिम बैंकलाई पत्राचार गरिरहेको छ ।

प्रदेश–१ को भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न कोसी कोरिडोर निर्माण भइरहेको हो । प्राधिकरणले निजी क्षेत्रका २८ जलविद्युत आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ । यी आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् ।

प्रसारण लाइन अन्त्र्गत संखुभासभाको बानेश्व, तुम्लिङटार र बसन्तपुरमा २२०/१३२/३३ केभी क्षमताका ३ वटा सबस्टेसन तथा निर्माणाधीन इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’ को काम अन्तिम चरणमा पुगेको छ । कोरिडोरको प्रसारण लाइनको सम्पूर्ण काम २०२२ को मार्चभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

निर्माण सम्पन्न भइसकेको पहिलो खण्ड अहिले ३३ केभीमा सञ्चालन गरिएको छ । इनरुवा सबस्टेसन सम्पन्न भइनसकेकाले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा सञ्चालनमा ल्याइएको हो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किलोमिटर प्रसारण लाइन ३३ केभीमा सञ्चालन गरिएको हो । 

३३ केभीमा सञ्चालन गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिएको छ । प्रसारण लाइन सञ्चालन भएपछि यस क्षेत्रमा सञ्चालित जलविद्युतगृहको बर्खामा विद्युत खेर जाने समस्या समाधान भएको छ । 

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित जलविद्युतगृहको विद्युत बर्खामा खेर जाने गरेको थियो । ३३ मेगावाट उत्पादन हुँदा २२ मेगावाट खेर जाने अवस्था थियो । 

प्रसारण लाइनको अर्को ३५ किलोमिटर बसन्तपुर–ढुंगेसाँघु   खण्ड निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा चार्ज गरिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit