विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एनबीआई बिजनेस रेसिलिएन्स अवार्डद्वारा विपत् व्यवस्थापनका क्षेत्रमा क्रियाशील व्यवसायीहरू सम्मानित भएका छन् । एनबीआईले युएसएआइडिको ‘तयार नेपाल परियोजना’सँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यवसायीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुने बहुराष्ट्रिय कम्पनीतर्फ एनसेल आजिडाटा लिमिटेड र बोटलर्स नेपाल लिमिटेड रहेका छन् । साथै, ठूला उद्योगहरूमा पञ्चकन्या स्टिल र द नेपाल डिस्टिलरिज प्रालि छन् । मझौला उद्योगतर्फ नेपाल डेरी र कञ्चनजंघा टि इस्टेट एण्ड रिसर्च सेन्टर प्रालि एवं सुक्ष्म, घरेलु तथा साना उद्योग विधामा महागुठी र नेपाल नटक्राफ्ट सेन्टर प्रालि रहेका छन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रबाट भएका यस्ता कार्य प्रशंसनीय भएको र यसमा सरकार सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । ‘निजी क्षेत्रमात्र नभई सरकार पनि विपत् जोखिमको न्यूनीकरण र पूर्वतयारीमा भन्दा राहत, उद्धार र प्रतिकार्यमा बढी केन्द्रित भएको छ,’ उनले भने, ‘विपत् व्यवस्थापनको ९० प्रतिशतभन्दा बढी खर्च यिनै कार्यमा हुँदै आएको छ ।’ नेपालमा विपत्बाट प्रतिदिन औसतमा दैनिक ५ जनाले ज्यान गुमाउने गरेको उनले जानकारी दिए ।

कार्यक्रममा एनबीआईका अध्यक्ष कुशकुमार जोशीले विपत् व्यवस्थापनमा थप सजग भई देशभित्र र बाहिर यससम्बन्धी काम हुँदै आएको बताए । ‘सफल प्रयास, चुनौती र सिकाई आदानप्रदान गर्नका लागि यस्ता साझा मञ्चको स्थापना गर्न आवश्यक छ,’ उनले भने ।

कार्यक्रमको पहिलो प्यानलमा उत्थानशील अर्थतन्त्र निर्माणमा विपत् व्यवस्थापनको महत्त्व तथा व्यवसायको निरन्तरता बढी महत्त्वपूर्ण हुने अधिकांश सहभागीहरूको भनाइ थियो । नेपाल विपत् दृष्टिबाट जोखिमयुक्त क्षेत्र भएकोले व्यावसायिक क्षेत्रमा सिर्जना हुने विपत्लाई रणनीतिक हिसाबले सञ्चालन गर्न आवश्यक रहेको पनि बताइएको थियो ।

एनबीआई सन् २००५ बाट जिम्मेवार व्यवसाय प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रको साझा संस्था हो । यस कम्पनीले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सरकारी तथा अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यमा श्रृङ्खलाबद्धरूपमा सन् २०१५ देखि नै उपलब्धिमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३