विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) रोकथाम गर्न सरकारले देशघर निशेधाज्ञा घोषणा गरेको छ । यस्तो समयमा पनि जलविद्युत् र सोलार आयोजना अध्ययन तथा निर्माणका गतिविधि भने रोकिएका छैनन् । गत बैशाख १५ गतेदेखि यता ९२ मेगावाटका आयोजनाले उत्पादन अनुमतिपत्र लिन विद्युत् विकास विभागमा आवेदन दिएका छन् ।

विभागका अनुसार अहिलेसम्म ४ प्रवद्र्धकले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । जसमा अध्ययन पूरा भएको १० मेगावाटको सोलार ८२.६ मेगावाटका ३ जलविद्युत् आयोजना छन् । सबैभन्दा ठूलो आवेदक ३७.७ मेगावाटको इसुवा खोला क्यासकेड निर्माण गर्ने इसुवा इनर्जी कम्पनी छ । कम्पनीले संखुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गर्न गत बैशाख १७ गते आवेदन दिएको थियो ।

यसैगरी, २२ मेगावाटको मध्य होंगु खोला ‘ए’ निर्माण गर्न एपेक्स मकालु हाइड्रो पावर कम्पनी र २२.९ मेगावाटको मध्य होंगु खोला ‘बी’ले निर्माण गर्न गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आवेदन दिएका छन् । दुवै कम्पनीले जेठ ७ गते आवेदन दिएका थिए । उता कपिलवस्तुको गणेशपुरमा १० मेगावाटको सोलार आयोजना निर्माण गर्न पोजेटिभ इनर्जी प्रालिले बैशाख २३ गते आवेदन दिएको छ ।

यस अवधिमा ९.०५ मेगावाटको सुपर चेपे खोला निर्माण गर्न अनुमतिपत्र जारी गरिएको छ । विभागले रिड्गे लाइन इनर्जीलाई जेठ ७ गते अनुमतिपत्र दिएको थियो । यो आयोजना गोरखाको खरिबोट र लमजुङको दूधपोखरीमा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit