विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ जिल्लामा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बिजुली प्रवाह हुने प्रसारण लाइन निर्माण पुनःसुचारु भएको छ । वन क्षेत्रको नीतिगत समस्याका लागि ६ महिनादेखि रोकिएको लाइन निर्माणको काम सुचारु भएको हो ।

तनहुँ हाइड्रो पावर कम्पनीले दमौलीदेखि चितवनको भरतपुर सबस्टेसनसम्मको डबल सर्किट प्रसारण लाइनको निर्माण फेरि सुचारु गरेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए  । प्याकेज–३ अन्तर्गत निर्माण भइरहेको लाइनको काम पछिल्लो ६ महिनादेखि ठप्प थियो । अहिले समस्या समाधान गरी प्रसारण लाइन निर्माण कार्य पुनः सुचारु गरिएको छ ।

लाइन निर्माणको काम भारतको केइसी इन्टरनेसनल लिमिटेडले गरिरहेको छ । यो कम्पनीसँग २०७५ पुस १० प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । कूल ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७० वटा टावरको जग हालिएको छ । ३४ वटा टावर खडा भइसकेको छ ।

यसैगरी, तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । १ हजार ४५६ मिटर लम्बाइको मुख्य सुरुङ खनेर सकिन लागेको हो ।

सुरुङको २१० मिटर मात्रै खन्न बाँकी छ । सुरुङ खन्ने र बाँध निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको उनले बताए । आयोजनाको समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको पनि उनले बताए । हालसम्म आयोजनाको आर्थिक प्रगति ४२ प्रतिशत पुगेको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

रकममध्ये एसियाली विकास बैंकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit