विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पिके हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले पिके हाइड्रो पावरमा साढे ९३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गर्ने भएको हो ।

पिके हाइड्रो पावरमा ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ संस्थापक सेयर लगानी गर्न हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बैशाख ६ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको १ अर्ब ८३ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

हकप्रद सेयर निष्कासनबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३ सय रुपैयाँ पिके हाइड्रो पावरमा संस्थापक सेयर लगानी गरिनेछ । यसैगरी, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३ सय रुपैयाँ कम्पनीले सञ्चालनमा गरीरहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना निर्माण गर्दा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारी गरिरहेको छ । यो कम्पनीको ३ मेगावाटको पिलुवा खोला र ९.८४ मेगावाटको काबेली बी–क्यासकेड सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३