विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ब्रह्मायणी हाइड्रो पावर कम्पनी प्रालिले ३६.५२ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजनाको काम डेढवर्षमा सम्पन्न गर्ने भएको छ । कम्पनीले बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अघि बढाएको आयोजनाको काम २०८२ साउनभित्र सम्पन्न गर्ने भएको हो ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको आयोजनाको निर्माण तथा उपकरण जडान पूरा गरी २०८२ साउनभित्र उत्पादन थाल्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा प्रस्ताव गरिएको आयोजनाको निर्माण सम्पन्न गर्न ६ अर्ब १५ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाको विवरण

आयोजनामा इन्टेक, ग्रावेल ट्रयाप, सेटलिङ बेसिन, डायभर्जन वेयर, हेडरेस पाइप, हेडरेस सुरुङ, सर्ज साफ्ट, विद्युतगृहलगायतका मुख्य संरचनाहरू हुन् । आयोजनाको इन्टेक लगन खोलाको दायाँ किनारमा र न्याम्या मसाल खोलाको दायाँ किरामा प्रस्ताव गरिएको छ । बाँकी आयोजनाको संरचना बलेफी खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ ।

आयोजनाको डिजाइन डिस्चार्ज ७.९५ घनमिटर प्रतिसेकेण्ड र नेट हेड ५३९.१४ मिटर रहनेछ । आयोजनाको लागि १५१८.८ मिटर हेडरेस पाइप र ६०३६.५० मिटर हेडरेस टनेल निर्माण हुनेछ ।

कम्पनीले बलेफी खोलामा यो आयोजना ४० मेगावाटमा पहिचान गरेको थियो । आयोजनाको प्रस्तावित इन्जिनियरीङ संरचना परिवर्तन गरिएकोले जडित क्षमता घटेर ३६.५२ मेगावाटमा अघि बढाइएको हो । कम्पनीले २०७४ जेठ २३ गते आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययनको अनुमति पाएको थियो ।

ऊर्जा उत्पादन

आयोजना पूरा भएपछि वार्षिक २१६.६६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रतिवेदनमा उल्लेख छ । जसमा वर्षायाममा १५१.७३ गिगावाट र सुख्खायाममा  ६४.९३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत १५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको पाङटाङ सबस्टेसनमा जोडिने छ । यो लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

१३.८६ हेक्टर जग्गा आवश्यक

आयोजनाको विभिन्न संरचना निर्माणका लागि १३.८६ हेक्टर जग्गा आवश्यक पर्नेछ जसमध्ये ८.८९ हेक्टर स्थायी रुपमा र ४.९७ हेक्टर अस्थायी रुपमा प्रयोग हुने कम्पनीले जनाएको छ । आयोजनाका लागि ८.३६ हेक्टर सरकारी जग्गा प्रयोग हुनेछ । जसमा स्थायी रुपमा ५.४९ हेक्टर र अस्थायी रुपमा २.८७ हेक्टर आवश्यक पर्नेछ ।

स्थायी रुपमा २.१८ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्ज, २.०७ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, १.२४ हेक्टर  लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत व्यवस्थापन गरिएको खोला बगरबाट प्रयोग गरिनेछ । आयोजना निर्माण अवधिभर ४६५ रुख कटान हुनेछ । जसमा २७९ उत्तिस, ६३ चिलाउने, १५ वटा मौवा, १०८ वटा लालिगुरासको रुख कटान हुनेछ । यसैगरी, ३३३१६ प्रतिहेक्टर रुखको बेर्ना र १२०९ प्रतिहेक्टर रुखको लाथ्राको क्षति हुने कम्पनीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

जनशक्ति

आयोजना निर्माणका लागि पिक माग अनुसार ३५७ जना जनशक्तिहरू आवश्यक पर्नेछ । जसमध्ये ७ जना इन्जिनिययर, १० जना सब–इन्जिनियर, ३५ जना दक्ष जनशक्ति, ५५ जना अर्ध–दक्ष जनशक्ति र २५० जना अदक्ष जनशक्ति आवश्यक पर्नेछ । आयोजनाका लागि अदक्ष जनशक्ति प्रभावित बस्तीबाट र दक्ष तथा अर्ध–दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने देखिएको कम्पनीले जनाएको छ । आयोजना पूरा भएपछि ३० जनाले स्थायी रुपमा रोजगारी पाउनेछन् । जसमा ८ जना दक्ष, २२ जना अदक्ष जनशक्ति रहेनछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit