विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

अप्ठेरो र अन्योलमा रुमलिँदा, आस्था गुमेको थियो

त्यो निर्धारित म्यादमा नसकिँदा, शङ्का बढेको थियो

कैयौँ अड्चन फेरि आइरहँदा, केही भयो यो ढिलो

केही खर्च बढ्यो तरै पनि बल्यो, उक्ल्यो ठूलो खुड्किलो

।१।

त्यो ठाडो दुइटा कडा सुरुङमा, साह्रै चुनौती थियो

सानो दुर्घटना हुँदा सुरुङ नै छोड्ने अवस्था थियो ।

पैले खन्न अनेक मुस्किल भयो, गाह्रोसँगै छेडियो

भारी पाइप राख्न जोखिम थियो, मेलैसँगै राखियो ।।

।२।

वर्षामास बढी तनाव रहने, बाढी र पैह्राहरू

ती आरोप झुटा झनै नसकिने - अन्धा र बैह्राहरू

बाधा कष्ट र पीर दु:ख बहुतै, हारेन आत्मा तर

दह्रो साथ र हौसला भर भई, फत्ते भयो आखिर

।३।

जानाजान ‘यिनीहरू गलत छन्’ भन्नेहरू भेटिए

गल्ती सानु हुँदा भयानक हुने भन्ने कुरा बिर्सिए

चुट्कीको भरमा सकिन्छ नि भनी, सोच्नेहरू देखिए

राम्रै हुन्छ- प्रबुद्धले अब त यो, ‘कोसेसिला’ सम्झिए

।४।

नेपालीजनको अमूल्य गहना, यो गर्विलो सृष्टि हो

सैयौं विज्ञहरू र प्राविधिकको सामर्थ्यमा वृद्धि भो

आफ्नै स्रोत र सीपमा भर गरी, निर्माण सम्पन्न भो

‘सक्छौं, गर्न सकिन्छ, हुन्छ नि’ भनी, आशा र विश्वास भो

।५।

२०७८/११/२९ (शार्दूलविक्रीडित छन्द)

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३