विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीबाट स्थापित र सञ्चालित विद्युतकर्मी साहित्यिक समाजले दुई जना श्रष्टालाई सम्मान गरेको छ । समाजले प्रदान गर्ने ‘अमरज्योति साहित्य सम्मान’बाट संस्थापक कोषाध्यक्ष कवयत्री कमला श्रेष्ठ र साहित्यकार आरआर चौलागाईंलाई सम्मान गरिएको हो ।

मंगलबार प्राधिकरणकै प्रांगणमा आयोजित कार्यक्रममा सम्मानित श्रष्टालाई सम्मानपत्र प्रदान गरिएको थियो । श्रेष्ठलाई २०७७ साल र चौलागाईंलाई २०७८ सालको अमरज्योति साहित्य सम्मान प्रदान गरिएको समाजले जानकारी दिएको छ ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता कार्यक्रमले प्राधिकरणलाई पनि बौद्धिक खुराक प्राप्त भएको बताए । ‘प्राधिकरणले यस्तो बौद्धिक कामलाई सधैं जर्गेना गरिरहन्छ,’ उनले भने, ‘समाजले पनि श्रष्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’

कार्यक्रममा समाजका अध्यक्ष कृष्णदेव रिमालबाट वार्षिक प्रतिवेदन प्रस्तृत गरिएको थियो भने सम्मानित श्रष्टा एवं कविहरू भवानी खतिवडा र सागर सिवाकोटीले कविता बाचन गरेका थिए । समाजले प्रकाशन गर्दै आएको त्रैमासिक साहित्यिक पत्रिका ‘अमरज्योति’ प्राधिकरणको वेबसाइटमा राखी देश तथा विदेशमा रहेका साहित्यप्रेमीले पढ्न मिल्ने वातावरण सिर्जना गरेको बताइएको छ ।

समाजका अनुसार पत्रिकाको ४४औं अंकदेखिका प्रकाशनहरू वेबसाइटमा राखिएको छ भने पुराना प्रकाशनहरू पढ्न मिल्ने गरी राख्ने तयारी भइरहेको छ । पत्रिकाले साहित्यिक भावना र मर्म अनुसार काम गर्दै आएको हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष मूल्यांकन गरी सम्मान गर्दै आएको पनि जनाइएको छ ।

समाजले ऐतिहासिक महत्त्व बोकेको र हाल सञ्चालनमा नरहेको ५ सय किलोवाटको फर्पिङ जलविद्युत केन्द्रको आधारभूमिलाई लक्षित गरी अमरज्योतिको ४९औं अंक ‘फर्पिङ विशेषांक’का रूपमा प्रकाशन गरेको थियो । समाजले आगामी दिनमा बाह्य साहित्यिक जगतसँग सामिप्यता अभिवृद्धि गर्न काठमाडौं उपत्यका र बाहिरका साहित्यिक समाजसँग मिलेर कार्यक्रम गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३