विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लेखक तथा ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगी निबन्ध प्रतियोगितामा प्रथम भएका छन् । उनी कविडाँडा साहित्य समाज चितवनले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । 

स्याङ्जा स्थायी घर भएका उनको ‘कोरोनाको कर्खा’ शिर्षकको निबन्ध प्रतियोगितामा उत्कृष्ट भएको हो । ५ जनाबीचको अन्तिम प्रतिस्पर्धामा वियोगीको निबन्ध उत्कृष्ट ठहरिएको हो । 

लेखक वियोगीले साहित्यको कथा, कविता, निबन्ध, गित, गजललगायत सबै विधामा कलम चलाउँदै आएका छन् । यसअघि बाह्रखरी अनलाइले आयोजना गरेको देश व्यापी कथा प्रतियोगितामा पनि उनको ‘टाउको’ शिर्षकको कथाले द्वतिय स्थाल हासिल गरेको थियो ।

यस्तै, प्रतियोगितामा काठमाडौंका भवानी खतिवडाको ‘ट्याक्सी नम्बर १०१’ शिर्षकको निबन्धले द्वतिय स्थान हासिल गरेको छ । झापाका निरज दाहालको निबन्धले तृतिय स्थान हासिल गरेको छ । उनको ‘आमाको पछ्यौरी’ शिर्षकको निबन्ध तृतिय भएको हो ।
रुपन्देही निवासी यज्ञप्रसाद न्यौपानेको ‘रहरको घुम्तीमा विचाको कायाकल्प’ र सिर्जन अविरलको ‘जीवनको उकालो’ शिर्षकको निबन्धले प्रोत्साहन पुरस्कार पाएका छन् । 

कविडाँडा साहित्य समाज चितवनले हरेक वर्ष फरक–फरक विधामा प्रतियोगिताको आयोजना गर्दै आएको छ । यो वर्ष निबन्ध विधामा प्रतिस्पर्धा गराएको हो । सार्वजनिक सूचनामार्फत प्रतिस्पर्धा आह्वान गरेको समाजले शनिबार चितवनको जंगल सफारी लजमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा उत्कृष्ट हुने ५ जना निबन्धकारको घोषणा गरी नतिजा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit