विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  रामेछापको गोकुलगंगा गाउँपालिका निर्माण सम्पन्न १९ मेगावाटको माथिल्लो र उपल्लो खिम्तीको विद्युत वैकल्पिक रुपमा जिरी सबस्टेसनमा जोडिने भएको छ । विद्युत प्रवाह हनु १३२ केभी गर्जाङ–खिम्ती लाइन पूरा नहुँदा हिमालयन ऊर्जा विकास कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत वैकल्पिक रुपमा जोडिन लागेको हो ।

स्थानीयको अवरोधका कारण डबल सर्किट प्रसारण लाइन निर्माणमा केही ढिला हुने देखिएपछि १२ मेगावाटको उपल्लो र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत वैकल्पिक व्यवस्था गरी जोडन् लागिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार विद्युत गज्र्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिनेछ ।

जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । नेपाल विद्युत प्राधिकरणले यसका लागि सिंगटी सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जोडी चार्ज गरिसकेको छ ।

गज्र्याङ सबस्टेसनमा रहेको १३२÷३३ केभी, ३० एमभिएको पावर ट्रान्सफर्मरलाई १० दिनभित्रमा चार्ज गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
‘वैकल्पिक व्यवस्था अनुसार आयोजनाबाट अहिले करिब १० मेगावाट विद्युत प्रवाह गर्न सकिन्छ’, उनले भने, ‘बर्खा लागेपछि मात्रै आयोजनाहरु पूर्ण क्षमतामा चल्ने भएकोले त्यतिबेलासम्म गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

कम्पनीले आयोजनाको २०७७ फागुनमा नै सम्पन्न गरी परीक्षण समेत पूरा गरेको हो । आयोजनाबाट मासिक ४ करोड ५८ लाख रुपैयाँको विद्युत खेर गइरहेको कम्पनीले जनाउँदै आएको छ ।

आयोजनाको विद्युत उत्पादन समयमा सुरु हुन नसक्दा बैंकको ब्याजको वित्तिय भार थपिँदै गएको कम्पनीले जनाएको छ । कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ लागतमा दुवै आयोजना निर्माण सम्पन्न गरेको हो ।

आयोजनाबाट २०७५ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको निर्माण लम्ब्याई २०७७ सम्म पुर्याउँदा पनि लाइन तयार नहुँदा विद्युत खेर गइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३