काठमाडौं । दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम स्थगित गरिरएकाे छ । आइतबार (आज) जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम स्थगित गरिएकाे हाे ।
जिल्लाकाे विगु गाउँपालिका–१ गोंगर स्थित जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम तत्काल नहुने केन्द्रले शुक्रबार सूचना जारी गरी जानकारी दिएको छ । केन्द्रले यसअघि आज बिहान ६ देखि अपरान्ह ४ बजेसम्म सरसफाई गर्ने तय गरेकाे थियाे ।
अहिलेलाई विशेष कारणले आइतबारका लागि तय भएको तालिका अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सूचनामा भनिएको छ ।