विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको विद्युत आगामी भदौभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीमा निर्माणाधीन आयोजनाले विद्युत उत्पादन सुरु गर्न लागेको हो ।

सानिमा हाइड्रो समूहको लगानीमा निर्माणाधीन आयोजनाको ९५ प्रतिशत काम सकिएको प्रवर्द्धक स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीका वातावरण विद रविन्द्र तिमिल्सीनाले बताए । उनका अनुसार अहिले सबै क्षेत्रको अन्तिम चरणको काम भइरहेको छ ।

‘आयोजनाको बाँध क्षेत्रको सम्पूर्ण संरचनाको काम सकिएको छ’, उनले भने, ‘सुरुङको ढलान र लाइनिङको काम पनि पूरा भइसकेको छ, विद्युतगृहको सिभिल तर्फको काम पूरा गरी इलेक्ट्रोमेकानिल उपकरण जडानको काम भइरहेको छ ।’

आयोजनाको सबै काम पूरा गरेर आगामी भदौभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि तिमिल्सीनाले बताए । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत २३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक २३ किलोमिटर लामो लाइनको काम पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ । लाइनकाे टावरको जग खन्ने र टावर ठड्याउने काम पूरा भएको छ । तार तान्ने काम पनि १ किलोमिटर मात्र बाँकी छ ।

यो आयोजना यस अघि नै सम्पन्न हुने गरी निर्माण भइरहे पनि गत वर्ष बर्खाको बाढीले स्थानीय क्षेत्रका सडक पूर्वाधारमा क्षति पुगेकोले निर्माण उपकरण लगायतको ढुवानीमा समस्या हुँदा काम केही ढिलाई हुन पुगेको हो । त्यसअघि कोरोना महामारीको असर पनि यो आयोजनामा पर्न गएको थियो ।

कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ६७ लाख ६१ हजार ५०० रुपैयाँ अनुमान गरिएको छ ।

२०७२ साल चैत २८ गते कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिएको हुँदा उसले अबको २८ वर्ष १० महिना विद्युत उत्पादन गरी सञ्चालन गर्न पाउँछ । विद्युत आयोजनाको अनुमतिपत्र वितरण सम्बन्धी निर्देशिका अनुसार उत्पादन अनुमतिपत्रको अवधि ३५ वर्ष तोकिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३