विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठामाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेकाे ८१ मेगावाटको बुढीगण्डकी प्राेक जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयार भएकाे छ ।  गण्डकी प्रदेशको गोरखा जिल्ला भई बग्ने बुढीगण्डकी खोलामा पहिचान भएको आयोजनाकाे प्रतिवेदन तयार भएकाे हाे ।

तयार भएको प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरणमा मन्त्रालयमा बुझाएको कम्पनीले जनाएको छ । मन्त्रालयले उक्त प्रतिवेदनमा राय/सुझाव माग गरेको छ । मन्त्रालयले आयोजना निर्माण गर्दा पर्ने सक्ने प्रतिकुल असरका बारेमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसँग ७ दिनभित्र राय/सुझाव पठाउन आग्रह गरेको छ ।

आयोजना निर्माण गर्दा सम्बन्धित सरोकारवालाई स्थानीय क्षेत्रको वातावारणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव पनि माग गरिएको छ । आयाेजनाले साे क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरकोराला व्यक्ति वा संस्थासँग लिखित राय सुझाव माग गरिएको हो ।

यो (रन अफ रिभर) प्रकारको आयोजना हो । आयोजना निर्माण गर्दा  २४.४४ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये १५.५० हेक्टर मनास्लु संरक्षण क्षेत्रको जग्गा र ८.९४ हेक्टर जग्गा निजी आवश्यक पर्ने देखिन्छ । प्रभावितले आगामी एकसाताभित्र आइपुग्ने गरी आफ्नो राय सुझाव पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit