विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत ५८ जलविद्युत कम्पनीमध्ये २० कम्पनीले करिब ४ करोड ८६ लाख कित्ता सेयर निष्कासन गर्न लागेका छन् । कम्पनीहरूले निर्माणाधीन र निर्माण सम्पन्न जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

यी कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदक कम्पनीले ४ करोड ८६ लाख ६६ हजार ७ सय ५१ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

सेयर निष्कासनको तयारी गरिरहेको कम्पनीमध्ये सबै भन्दा बढी सानीमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडको रहेको छ । यो कम्पनीले ८३ लाख ३१ हजार २ सय ५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै, ओखलढुङ्गामा ७ मेगावाटको मोलुङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मोलुङ हाइड्रो पावर लिमिटेडले ३५ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

थ्री स्टार हाइड्रो पावर कम्पनी लिमिटेडले पनि १२ लाख ३१ हजार २ सय ५० कित्ता, शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता, सुपर मादी हाइड्रो पावर लिमिटेडले ३१ लाख ५० हजार कित्ता, इङवा हाइड्रो पावर लिमिटेडले १८ लाख कित्ता, एसियन हाइड्रो पावर लिमिटेडले ११ लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको बोर्डले जनाएको छ ।

यस्तै, बाराही हाइड्रो पावर पब्लिक लिमिटेले ७ लाख कित्ता, सुपरमाई हाइड्रो पावर लिमिटेडले १० लाख कित्ता, रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ८ लाख ४० हजार कित्ता, अपर स्याङ्गे हाइड्रो पावर लिमिटेडले ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

कुथेली बुखारी स्मल हाइड्रो पावर लिमिटेडले २ लाख ४३ हजार ७ सय ३५ कित्ता, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडले २२ लाख ८० हजार कित्ता, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १६ लाख ३२ हजार १ सय ६० कित्ता र माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडले ३४ लाख कित्ता सेयर निष्कासन गर्न लागेका हुन् । यी कम्पनीले बोर्डबाट अनुमति पाउने लगतै पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit