काठमाडौं । अपर स्याङ्गे हाईड्रो पावरले स्थानियबासी तथा सर्वसाधारणलाई निष्कासन गर्न लागेको ८ लाख ७० हजार कित्ता सेयरको लागि प्रभु क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी बुधबार दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । कम्पनीको सेयर निष्कासन अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको घलले बताए ।
कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका बडा नम्बर ४ भएर बग्ने स्याङ्गे खोलामा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।