विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले ४ वर्षका लागि नियुक्त गरेपछि कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशककोरूपमा दोस्रो इनिङको सुरुवात गर्दैछन् । पहिलो ४ वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ ४ गते विदा भएका घिसिङ दोस्रो पटक कार्यकारी निर्देशक नियुक्त भई विद्युत प्राधिकरणमा आउन लागेका हुन् ।

उनलाई गत सोमबार (साउन २५) बसेको मन्त्रीपरिषद बैठकले ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनलाई सोमबार नै नियुक्त गरिए पनि निर्णय भने गोप्य राखिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले लगेको प्रस्तावमा प्रक्रिया नपुगेकाले अस्वीकृत भएको भन्ने खबर बाहिर आएको थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट नियुक्तीपत्र बुझेपछि बुधबार नै घिसिङले प्राधिकरण प्रमुखको कार्यभार सम्हाल्दैछन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ४ वर्षका लागि हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

सरकार परिवर्तनसँगै शाक्यको कार्यकाल पूरा नहुँदै उनलाई जल तथा ऊर्जा  आयोगमा पदस्थापन गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । प्राधिकरण नेतृत्वमा आउन लागेका घिसिङको दोस्रो कार्यकाल चुनौतीपूर्ण हुने देखिन्छ ।

भुसाल मन्त्री नियुक्त भएदेखि नै उद्योग तथा घरायसी ग्राहकको विद्युत महसुल घटाएर समायोजन गर्ने अभिव्यक्ति दिँदै आएकी छन् । मन्त्रीले भनेको जस्तै गरी विद्युत महसुल घटाएर समायोजन गर्नु पर्ने दवाव उनलाई आउने देखिन्छ । यसाे गर्दा प्राधिकरणले विद्युत बिक्री गरेर गर्ने आम्दानी पनि खुम्चिने छ । 

यस्तै, राजनितिक लोकप्रियताका लागि २० युनिटसम्म खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत दिने घोषणा पनि मन्त्री भुसालले गरिरहेकी छन् । उनको यो घोषणा कार्यान्वयन हुँदा यसको भार प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्न जानेछ ।

प्रसारण तथा वितरण प्रणालीको समस्या समाधान , बढ्दो चुहावट नियन्त्रण, कोरोना (कोभिड–१९) महामारीका कारण बाँकी रहेको विद्युत बक्यौता उठाउने चुनौतीसमेत घिसिङलाई रहनेछ । प्रसारण लाइनकाे समस्याले निजी क्षेत्रका जलविद्युतगृहले उत्पादन गरेकाे विद्युत खेर गइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit