विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले चालु आर्थिक वर्षमा ३ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । भेरी करिडोरमा निर्माण हुने जलविद्युत् आयोजनालाई लक्षित गरी ४०० केभीको नलगाड–मैनताडा ७५ किलोमिटरसहित ४‍.३८ किलाेमिटर लामाे ३३ केभी खोरुङ्गा खोला प्रसारण लाइन र सुपर सर्दी खोलाको बिजुली प्रवाह गर्न ३३ केभीको ३.६८ किलोमिटरका लागि अनुमित दिइएको हो ।

नलगाड–मैनताडा प्रसारण लाइनले २ हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । यसका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीलाई अनुमतिपत्र प्रदान गरिएको छ ।

विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ । यस्तै, चालु आवको हालसम्म कूल ८ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ । ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया, बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी, जानकी सोलार पावर प्रसारण लाइन, दूधकोसी पाँचौँ २२० केभी प्रसारण लाइन, समुद्रटार-लप्सीफेदी २३२ केभी प्रसारण लाइन सर्वेक्षणका लागि अनुमति दिइएको छ ।

यस्तै, डाडाँखेत–बुर्तीबाङ १३२ केभी प्रसारण लाइन र सानी भेरी १३२ केभी प्रसारण लाइन आयोजना छन् । विभागले हालसम्म कूल १४४ प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ ।

यसैगरी विभागमा हालसम्म कूल सर्वेक्षण अनुमतिपत्रका लागि कूल २१ वटा प्रसारण लाइनको आवेदन परेको छ । त्यसमध्ये  चालु आवको हालसम्म मात्रै ११ परियोजनाले अनुमतिका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३