विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच विस्तार गर्न माग गर्दै जुम्लाबासीले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् । नेकपा माओबादी केन्द्रका संघीय सांसद गजेन्द्रबहादुर महतको नेतृत्वमा प्राधिकरण पुगेका जुम्लाबासीले बाजा–गाजासहित प्रदर्शन गरेका हुन् ।

जिल्लाबासीको टोलीले ध्यानाकर्ष पत्रमार्फत जिल्लामा विद्युतीकरण विस्तार तथा जलविद्युत आयोजनाको विकासमा लगानी गर्न माग गरेको छ । ध्यानाकर्षण पत्र बुझ्न कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यालयमा नभेटिएपछि टोलीले भित्तामा टाँसेको थियो ।

विकासका सबै पूर्वाधारबाट बन्चित जिल्लामा विद्युतीकरण विस्तारका लागि पटक–पटक माग गर्दा पनि सुनुवाई नभएपछि बाजा–गाजा लिएर प्राधिकरणको ध्यानाकर्षण गराउन गएको महतले बताए । ‘जिल्लामा विद्युतीकरण विस्तारको गति बढाउनु पर्यो भन्ने माग धेरै पटक राख्यौं,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यसको सुनुवाई भएन । कार्यकारी निर्देशक ज्यू सुगम जिल्लामा पुगेर समस्या समाधान गर्न तत्पर देखिनु हुन्छ । तर, जुम्लाबासीको कुरा सुन्नु हुन्न । यही कारण पनि आज बाजा–गाजा लिएर हामी प्राधिकरण कार्यालय पुगेका हौं ।’

उनले केही समय कुरेर घिसिङलाई भेटी ६ बुँदे लिखित माग राखेको बताए । जिल्लाका सबै स्थानीय तहमा प्रसारण तथा वितरण लाइनको विस्तार हुनुपर्ने माग ध्यानाकर्ष पत्रमार्फत टोलीले राखेको छ ।

‘विद्युतीकरणका लागि वितरण लाइनको पहुँच पुगेको क्षेत्रमा चाँडो भन्दा चाँडो विद्युत मिटर वितरण गरियोस,’ ध्यानाकर्षण पत्रमा भनिएको छ,‘विद्युत पुगेका ठाउँमा वितरण प्रणालीको भोल्टेजको समस्या पनि समाधान होस् ।’

यस्तै, जिल्लामा विद्युतीकरण विस्तारका लागि अघि बढेको ३३ केभी प्रसारण लाइनको निर्माणलाई तीव्रता दिन तथा प्राधिकरणको जुम्ला वितरण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन पनि टोलीले माग गरेको छ । 

जुम्ला जलस्रोतमा धनी भएको हुँदा जलविद्युत सम्भाव्यताको अध्ययन हुनु पर्ने तथा पहिले नै अध्ययन भइसकेका जलविद्युत आयोजनाको निर्माण अघि बढाउनु पर्ने उनीहरूको लिखित माग छ । जुम्लामा २०७८ साउनमा पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको हो । प्राधिकरणले ७५ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी जिल्लामा विद्युत पहुँच पुर्याएको थियो ।

जिल्लाका केही स्थानीय तहमा लघुजलविद्युतको विद्युतबाट बत्ती बालिए पनि यो वर्ष बर्खामा आएको बाढीले अधिकांश लघुजलविद्युत आयोजनाको संरचना बगाउँदा जिल्लाबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit