विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रूपाताल संरक्षणको कामलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रूपाताल संरक्षणका लागि गरिरहेको कामको बुधबार  बिहान निरीक्षण गर्दै ताल संरक्षणको कामलाई तोकिएभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

‘ऐतिहासिक रूपातालको आफ्नै महत्त्व छ, जनशक्ति थप गरेर समयमै गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्,’ मन्त्री खड्काले भने । रूपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालय लाग्ने मन्त्री खड्काको भनाइ थियो ।

उक्त तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले ५ सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । १ सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल बाँध बाँधेपछि १ सय ८३ हेक्टरको हुनेछ । 

उक्त तालको वरपर पैदलमार्ग निर्माण गर्न १ हजार १ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ९ सय रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।

उक्त तालको अनुगमनमा ऊर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधीसभा सदस्य जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३