विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको उत्पादन धकेलिएको छ । कोरोना (कोभिड–१९) महामारीको प्रभावले आयोजनाको निर्माण सुस्ता हुँदा विद्युत उत्पादन अवधि सर्ने देखिएको हो ।

आयोजनाको करिब ९६ प्रतिशत निर्माण पूरा भइसकेको छ । आयोजनाबाट जेठभित्रै विद्युत उत्पादन सुरु गर्ने भनिए पनि निर्माण नसकिएकाले उत्पादन तालिका फेरि सर्ने अवस्था आएको हो ।

कर्मचारी तथा कामदार कोराना संक्रमित हुँदा आयोजनाको निर्माण सुस्त बनेको प्रवद्र्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए ।‘हाम्रो लक्ष्य छ जेठभित्रै विद्युत उत्पादन सुरु गर्ने हो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना महामारीको दोस्रो लहर आयोजनामा परेकाले तालिका धकेलिने अवस्था आएको छ ।’

उनले आयोजनामा कार्यरत १५ जनामा कोरोना संक्रमण देखिए पनि निर्माण सुस्त बनेको बताए । केही कर्मचारी र कामदार संक्रमित भएपछि १ सय जना बढी कामदार घर गएका छन् ।

कामदार अभाव हुँदा सिभिलतर्फको निर्माण सुस्त बनेको छ । अहिले आयोजनामा ५० जना कामदारले मात्रै काम गरिरहेकाले निर्माणले गति लिन नसकेको कसजुले बताए । आयोजनाको बाँध क्षेत्रको संरचनाको काम सकिएको छैन । बाँध क्षेत्रमा करिब करिब २ साताको काम मात्रै बाँकी रहेको उनले बताए ।

हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको काम पनि सुस्त गतिमा भइरहेको छ । इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि भारतबाट प्राविधिक आउन नसकेपछि भएकै प्राविधिकबाट काम भइरहेको कसजुले जानकारी दिए ।

विद्युतगृहमा १२ मेगावाटका ३ वटा उत्पादन युनिट रहने छन् । आयोजनाको डेढ महिना जतिको मात्रै काम बाँकी रहेकाले सम्वभ भएसम्म २ महिनाभित्र विद्युत उत्पादन गर्ने प्रयासका साथ काम भइरहेको उनको दाबी छ । बर्खायाम सुरु भइसकेकाले आयोजना स्थलसम्म निर्माण सामाग्री ढुवानी गर्न समस्या देखिएको छ ।

यो आयोजनाबाट यसअघि गत चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भनिएको थियो । आयोजनाको काम सम्पन्न भइनसकेकाले जेठसम्म सारिएको थियो । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ ।

लामोसाँघुसम्मको प्रसारण लाइन आयोजनाको प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको छ ।आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको आयोजनामा ५ बैंकले ऋण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit