विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको विद्युत आगामी मंसिरभित्र प्रणालीमा जोडिने भएको छ । सानिमा हाइड्रो समूहको सहायक माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले निर्माण अन्तिम चरणमा पुर्याएको आयोजनाको काम पूरा हुन लागेको हो ।

आयोजनाको सबै क्षेत्रको काम एकसाथ अघि बढेको आयोजनाका प्रबन्धक कांगडा प्रसाईंले बताए । उनका अनुसार आयोजनाको सिभिलतर्फ ८५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।

 ‘आयोजनाको बाँध क्षेत्रको संरचना निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आयोजनाको १.८ किलोमिटर मुख्य सुरुङको ८५ प्रतिशत काम सकिएको छ, यसको अहिले लाइनिङको काम भइरहेको छ ।’

आयोजनामा १ किलोमिटर लामो पेनस्टक पाइप राखिएको छ । यसको काम पनि ७५ प्रतिशत सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य धमाधम भइरहेको छ । विद्युतगृहको ९० प्रतिशत काम सकिएको छ । यस्तै, आयोजनाको हाइड्रो मेकानिल र इलेक्टोमेकानिल जडानको काम क्रमशः ५५ र ६५ प्रतिशत सकिएको छ ।

आयोजनाको सबै काम पूरा गरेर आगामी पुसभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि कोरोना (कोभिड–१९) महामारीको पहिलो र दोस्रो लहरका बेला नराम्ररी प्रभावित हुँदा प्रभावित भएको हो ।

आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रसारण लाइनको काम पनि ४५ प्रतिशत पूरा भएको छ । लाइनको जग खन्ने काम ५० प्रतिशत पूरा भएको छ । आयोजना निर्माण पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सानिमा हाइड्रो समूह अन्तर्गत निर्माण भइरहेको आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजना पूरा भएपछि वार्षिक ७ करोड ९६ लाख ७० हजार ४ सय ८६ किलोवाट घन्टा विद्युत उत्पादन हुनेछ । सानिमा समूहले माथिल्लो मैलुङसहित ७३ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

यो समूहले यसअघि २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माइ क्यासकेड आयोजनाको सफल निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit