images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अर्बिट इनर्जी लिमिटेडले निर्माण गरिरहेको दुई जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा ३ बैंकले ऋण लगानी गर्ने भएका छन् । कम्पनीले संखुवासभामा निर्माण गरिरहेको २७.८ मेगावाटका आयोजनामा ३ बैंकले लगानी गर्ने भएका हुन् ।

२१.५ मेगावाटको सभाखोला ‘बी’ र ६.३ मेगावाटको सभाखोला ‘सी’को कूलमध्ये ८० प्रतिशत लगानी बैंकहरूले गर्ने भएको कम्पनीले जानकारी दिएको छ । कुमारी बैंकको अगुवाईमा सिद्धार्थ बैंक र कृषि विकास बैंक गरी ३ बैंकले ३ अर्ब ८६ करोड रुपैयाँ ऋण  लगानी गर्नेगरी बिहीबार (माघ ११ गते) सम्झौता भएको कम्पनीले जानकारी दिएको छ ।

दुवै आयोजना सम्पन्न गर्न ५ अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ८० प्रतिशत ऋण लगानी र २० प्रतिशत स्वपूँजी लगानी रहनेछ ।

कम्पनीले निर्माण गरिरहेको सभाखोला ‘बी’को ३० प्रतिशत काम पूरा भएको छ । अहिले आयोजनाको बाँध, सुरुङ, विद्युत् गृह सबै क्षेत्रको काम एकसाथ भइरहेको छ ।  आयोजनामा ३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । अहिलेसम्म ६०० मिटर बढी सुरुङ खन्ने काम सकिएको कम्पनीले जानकारी दिएको छ ।

यसैगरी यही आयोजनाको क्यासकेडको रूपमा सभाखोला ‘सी’ पनि निर्माणाधीन छ । यो आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको जनाइएको छ । विद्युत् गृहको काम पनि सुरु गर्ने तयारी भइरहेको छ ।

दुवै आयोजनाको काम २०८२ असारभित्र सम्पन्न हुनेछ । दुबै आयोजना पूरा भएपछि वार्षिक १६३.३८ गिगावाट विद्युत् उतपादन हुनेछ । उत्पादीत विद्युत् १८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सितलपाटी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १३२ केभी प्रसारण लाइन कम्पनीले आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit