images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । शुभारम्भ हाइड्रो पावर प्रा.लि.ले निर्माण गर्न लागेको ६ मेगावाटको मध्य मोलुङ खोला साना जलविद्युत् आयोजनाको काम साढे ३ वर्षमा सम्पन्न गर्ने भएको छ । कम्पनीले आखलढुङ्गाको मोलुङ खोलामा पहिचान भएको आयोजनाकाे काम २०२७ जुलाई भित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।

जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर–८, मोलुङ गाउँपालिका वडा नम्बर–१ तथा सिद्धिचरण नगरपालिका वडा नम्बर–९ र १० अवस्थित मोलुङ खोलाको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजनाको काम अघि बढाउनेछ ।

प्रस्तावित आयोजनाको डिजाइन बहाव ९.१६ घनमिटर प्रतिसेकेण्ड, ८२ मिटर ग्रस हेड र ७५.७४ मिटर नेट हेट रहनेछ । आयोजनाको भौतिक संरचनाहरू सुनकोसी गाउँपालिकामा पर्ने गरी निर्माण गरिने छ ।

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालालाई लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

आयोजनाबाट वार्षिक ३५.०३१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा २४.३३४ गिगावाट र सुख्खा याममा १०.६९७ गिगावट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको विद्युत् गृह भुल्केबेसी मोलुङ खोलाको दाहिने किनारमा पर्ने गरी निर्माण गरिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत १० किलोमिटरको दूरीमा रहेको निर्माणाधीन आयोमोलुङ सबस्टेसनमा जोडी संयुक्त रुपमा १३२ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत तिङ्ला सबस्टेसनमा जाडिनेछ । कम्पनीले आयोजनाको काम साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit