विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
आर्थिक कोण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) चालु आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धि बजार मूल्यको आधारमा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो आव २०७९/८० को तुलनामा औसत १.९ प्रतिशत बढी हो ।

केही समय अघि पनि नेपालको अर्को विकास साझेदार निकाय विश्व बैंकले त्यस्तो वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विकास साझेदार निकायहरूले गरेको आर्थिक वृद्धिको प्रक्षेपणलाई अर्थ मन्त्रालयले भने सकारात्मक रहेको टिप्पणी गरेको छ ।

मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा पनि गरिएको एडिबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२४’ मा उल्लेख छ । यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन सुरु भई आर्थिक वर्ष २०७९/८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताए ।

विशेषतः पर्यटन क्षेत्रमा आएको सुधार, विद्युत् निर्यातको योगदान र कृषि क्षेत्रको सन्तुलित विकास हुने अनुमानसँगै उक्त प्रक्षेपण गरिएको एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले बताए । यद्यपि, विश्व अर्थतन्त्रमा देखापर्न सक्ने नेपालको पर्यटन तथा रेमिट्यान्स प्राप्तिमा असर पर्न गरी आर्थिक परिदृश्श्यमा ह्रास आउने जोखिम रहेको उनको भनाइ छ ।

‘नेपालको वृद्धिदर विस्तारै बढिरहेको छ तर पुँजीगत खर्च हुन नसक्दा धेरै पक्षमा असर असर परेको देखिन्छ,’ उनले भने, ‘चालु आवको वृद्धिमा सबैभन्दा बढी पर्यटन क्षेत्र, विद्युत् निर्यात र उपभोक्तामा आएको क्रयशक्तिले महत्त्वपूर्ण सुधार गरेको देखिएको छ ।’

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा देखिएको विस्तारले सेवा क्षेत्रको वृद्धिले गति दिने अपेक्षा गरिएको छ । धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षा कमी भएका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा ह्रास आउने देखिएको छ । यसबाट आव २०७९/८० को २.७ प्रतिशतको तुलनामा चालु आवमा २.८ प्रतिशतको सीमान्त वृद्धि हुने प्रक्षेपण छ ।

आउटलुकका अनुसार, पेट्रोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति आव २०७९/८० को ७.७ प्रतिशतको तुलनामा आव २०८०/८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ ।

बाह्य क्षेत्र जोखिम सापेक्षरूपमा नियन्त्रणमा रहेको अनुमान गरिएको छ । आव २०८०/८१ को पहिलो ६ महिनामा बचतमा रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने प्रक्षेपण छ । अघिल्लो आवको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आव २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ ।

चालु खाता बचत १.२ विलियन अमेरिकी डलर पुगेको छ । यद्यपि, यस आवको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आव २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादन (जिडिपी) को ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।

गहिरिँदो भू–राजनीतिक हलचलले आपूर्ति श्रृंखला हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आएर आर्थिक वृद्धिलाई तल धकेल्न सक्ने ‘आउटलुक’ले विश्लेषण गरेको छ ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया–प्रशान्त क्षेत्र हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ । सन् १९६६ मा स्थापित यस बैंकमा एसिया–प्रशान्त क्षेत्रका  ४९ सहित ६८ सदस्यहरूको स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३