विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजना विद्युत उत्पादन तालिका फेरि ११ महिना पछि सरेकाे छ । गत असाेजदेखि नै विद्युत उत्पादन सुरु गर्ने भनिए पनि निर्माण पूरा हुन नसकेपछि तालिका २०७९ सालकाे भदाैमा सरेकाे हाे ।

आयोजनाकाे संरचना उच्च हिमाली क्षेत्रमा पर्ने हुँदा चिसाे बढेपछि अहिले निर्माण ठप्प छ । इनर्जी इन्जिनियरिङ कम्पनी प्रवर्द्धक रहेकाे याे आयोजना समुद्री सतहबाट करिब ३३ सय मिटरको उचाईमा पर्दछ । आयोजना स्थल वरपर हिउँद याममा हिमपात हुने हुँदा वर्षकाे ६ महिना निर्माण बन्द गर्नु पर्ने बाध्यताले काम सुरु भएकाे साढे ७ वर्षमा पनि विद्युत उत्पादन सुरु हुन सकेकाे छैन ।

समुद्री सतहबाट ३३ सय १६ मिटरको उचाईमा आयोजनाकाे संरचना निर्माण गर्नुपरेकाले वर्षको ६ महिनामात्रै काम गर्नुपर्ने बाध्यता रहेको कम्पनीका निर्देशक नवाङ शेर्पाले बताए । उनका अनुसार हिउँदमा मंसिरदेखि फागुनसम्म अत्याधिक चिसाेका कारण आयोजना स्थलमा काम गर्न सकिँदैन ।

‘आयोजना स्थल हिमाली क्षेत्रमा पर्ने हुँदा जाडाे सकिएपछि मात्रै काम गर्ने वातावरण हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यो वर्ष विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण भएको निशेधाज्ञा लागेकाले लामो समयदेखि आयोजनाकाे काम ठप्प छ । कोरोनाको कहर कम हुँदै जाँदा पुनःहिउँद सुरु भएकोले अबकाे ४ महिना काम गर्न सकिँदैन ।’

भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी, पहिरो एवं कोभिड–१९ महामारीको मार झेल्दै आएको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७० सालबाट निर्माण सुरु भएको आयोजनाको सिभिलतर्फ ९६ प्रतिशत काम सम्पन्न  भइसकेको छ । 

यो आयोजना पहिले नै सम्पन्न भइसक्नु पर्ने थियो, तर, काम गर्न सक्ने वातावरण नमिल्नाले निर्माण प्रभावित हुँदा बढी समय लागेको उनले बताए । २०७२ सालको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, पहिरो, तथा कोभिड–१९ का कारण निर्माण प्रभावित भएकाले पनि ढिलो हुन पुगेको उनले बताए ।

आयोजनाको बाँध क्षेत्रमा संरचनाको निर्माण सकिएको छ । बाँधको पानी विद्युतगृहमा खसाल्ने गरी ४ हजार मिटर लामो हेडरेस पाइप बिछ्याउने काम सकिएको छ । आयोजनाको  ९८० मिटर लामो पेनस्टक पाइपमध्ये ७ सय ३० मिटर जडान गरिएको शेर्पाले जानकारी दिए ।

आयोजनामा जडान भएको पाइप चीनको सिन्शी हङकङ कम्पनीले आयात गरेको हो । आयोजनाको बाँकी हाइड्रोमेकानिकलतर्फको काम सिई हाइड्रोमेकानिकल कम्पनीले गरिरहेको छ ।

इलेक्ट्रोमेकानिकलतर्फ आयोजनामा जडान हुने उपकरण आयात गरिएको छ । विद्युतगृहको पनि २० प्रतिशत मात्र काम बाँकी छ । 
आयोजनाको काम पुनःसुरु भएको ५ महिनापछि विद्युत उत्पादन सुरु हुनेछ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत त्रिशूली थ्री ‘बी’ सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म विद्युत पुर्याउन १९ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नुपर्नेछ । प्रसारण लाइन निर्माणका लागि युनाइटेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी काम अघि बढाईएको छ । लाइनको ७ प्रतिशत मात्र काम भएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ९३ करोड ६५ लाख ३७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । विविध कारणले आयोजनाको निर्माण लम्बिएपछि अनुमानित लागतमा थपिएको प्रशासनिक खर्च, बैंकको ब्याजलगायत कारणले लागत बढ्न गएको कम्पनीले जनाएको छ ।

कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । ऋण लगानी नेपाल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकले गरेका छन् । 

आयोजना सम्पन्न भएपछि वार्षिक ३५ हजार २० किलोवाट घन्टा विद्युत उत्पादन हुनेछ । बर्खाको उत्पादन २९ हजार ५ सय ३६ किलोवाट घन्टा र हिउँदमा ५ हजार ४ सय ८३ किलोवाट घन्टा विद्युत उत्पादन हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३