विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युतको संरचनामा शुक्रबार (भोलि) देखि पानी भरिने भएको छ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न आयोजनाको विद्युत उत्पादन सुरु गर्न संरचनामा पानी भर्न लागिएको हो ।

२ दिनमा भरिने गरी संरचनामा पानी हालिने प्रवद्र्धक शिवश्री हाइड्रो पावर कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । उनका अनुसार पानी भरेर आयोजनाको संरचनाको अवस्था ठिक भए/नभएको हेरिने बताए ।

‘हामीले माघ १८ गतेबाट नै परीक्षण उत्पादन सुरु गर्ने भनेका थियौं । ठेकेदारले आन्तरिक परीक्षण गर्न समय लगाएकाले केही ढिलो भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘पानी भरिएको केही दिनमै उत्पादन सुरु हुन्छ ।’ उनले नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली गएर आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्ने बताए ।

प्राविधिक टोलीले परीक्षण सुरु गरेपछि करिब २ साताको विद्युत प्राधिकरणलाई निशुल्क दिएपछि आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गरिने पनि उनले जानकारी दिए । आयोजनाले उत्पादन गर्ने विद्युत लामोसँघु सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म आवश्यक २२ किलो मिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । 

डेढ वर्षअघि चाकु खोलामा आएको भीषण बाढीले विद्युतगृहमा जडान भएका इलेक्ट्रोमेकानिकल उपकरण बगाउँदा आयोजनाबाट  लक्ष्यअनुसार विद्युत उत्पादन हुन सकेको थिएन । बाढीले बगाएका उपकरणहरूको स्थानमा फेरि नयाँ आयात गरेर जडान गर्नु परेकाले विद्युत उत्पादन सुरु गर्न समय लागेको कम्पनीले जनाएको छ ।

खोलाको बाढीले बगाउँदा  आयोजनामा कार्यरत २ जना कामदारको ज्यानसमेत गएको थियो । २०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित हुँदै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीले जनाएका छ ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ३ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटकको प्राकृतिक प्रकोपको मारमा परेका कारण लागत केही बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३