विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा भएर बग्ने ठूलो खोलामा ४.७५ मेगावाटको लोवर ठूलो खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । चितवन इनर्जी लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको सबै काम पूरा गरेर दुई वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ  । कम्पनीका अनुसार आयोजनाको बाँध, पानीमार्ग, विद्युतगृह, प्रसारण लाइन सबैको काम पूरा गरी २०८२ साउनभित्र उत्पादन सुरु गरिनेछ ।

आयोजनाको मूख्य संरचना खोलाको दायाँ र बाँया किनारमा पर्दछन् । आयोजनामा २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको टेलरेसबाट निस्केको पानीलाई १७१० मिटर लामो हेडरेस पाइप हुँदै विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा जडान भएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । उत्पादन ऊर्जालाई १३२ केभी प्रसारण लाइनमार्फत १६ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको थप विवरण

आयोजना : लोअर ठूलो खोला

प्रवर्द्धक : चितवन इनर्जी प्रालि

आयोजनास्थल : गण्डकी प्रदेश, म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका

क्षमता : ४.७५ मेगावाट

हेडरेस पाइप : १७१० मिटर

पेनस्टक पाइप : १८३.३ मिटर

टवाईन : २ वटा (फ्रान्सिस टर्बाईन) 

प्रसारण लाइन : १३२ केभी, १६ किलोमिटर

सबस्टेसन : दाना सबस्टेसन

वार्षिक सरदर उत्पादन : ३१.५ गिगावाट घन्टा

उत्पादन मिति : २०८२ साउन २० गते

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit