विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

उज्यालोकाे क्षितिजतिर

............................................

अग्ला अग्ला पहाडका फेदमुनि 
यमानको बाँध बाँधेर 
म सोचिरहेछु एक विशाल परियोजना ।।।

बनाउन मन छ, त्यस्तै एउटा बाँध
मेरो परेलीको डिलजस्तै 
जसले रोक्छ गालासम्मै झर्ने मेरा आँशु ।।।

निर्माण गर्न मन छ त्यस्तै बाँध
जसले रोकोस् साउने भेल अनि बाढी 
अनि बगाउन मन छ
कञ्चन पानी चैत बैशाखको खडेरीमा ।।।

म सक्दिनँ,
बाँध सक्छ
रोकिदिन अनि फर्काइदिन 
पश्चिमदेखि पूर्वतिर 
त्यो गड्गडाउँदो बेग 
अनि सक्छ निल्न गेग्रानका पहाडहरू ।।।

त्यसैले त म 
कल्पना गरिरहेको छु
एक विशाल बाँध
अनि बन्नेछ
पिठ्युमा एक
फेवा जत्रो सरोवर ।।।

अनि पठाउन मन छ
पानीको भेल
अध्यारो सुरुङै सुरुङ 
रहर छ घुमाउन
रोटे पिङ जत्रो चक्का 
चक्का घुमेजस्तै
घुमाउन मन छ
फेर्न मन छ, आफ्नै भाग्य ।।।

लिङे पिङको डोरिजस्तै तार
धनु बाँसजस्तै अग्ला टावरमा टाँगेर
बाल्नु छ, बिजुली बत्ती 
चिर्नु छ त्यो निस्पट अध्यारो 
अनि फेरि लम्कनु छ
उज्यालोकाे क्षितिजतिर ।।।
……………………………………………………………………………………………………

हाल : नागार्जुन, काठमाडाैँ
(कवि, नेपाल विद्युत प्राधिकरणका उप-प्रबन्धक हुन्)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit