विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ कार्तिक २०, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सरकारले आगामी मंसिर २३ र २४ गते काठमाडौँमा आयोजना गर्न लागेको ‘नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२६’ मा कूल २४ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ बराबरका २३ वटा ठूला पूर्वाधार आयोजना प्रदर्शन (शोकेस) गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको उक्त शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र साहले गर्नेछन् भने सम्मेलनमा भारतका सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी समेत सहभागी हुनेछन् । 

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा लगानीको सुरक्षा र अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको र स्वीकृति पाएका आयोजनाहरू कानूनी अड्चनका कारण नरोकिने गरी लगानी सुरक्षाका लागि ५९ वटा ऐन संशोधनको मस्यौदा तयार भइसकेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस पटकको सम्मेलनमा यातायात, ऊर्जा, उद्योग, सहरी विकास, सूचना प्रविधि, कृषि तथा पर्यटन क्षेत्रका बहुआयामिक आयोजनाहरूलाई लगानीकर्तामाझ लैजाने तयारी गरिएको छ । ऊर्जा क्षेत्रतर्फ ३ खर्ब ८१ अर्ब २५ करोड लागतको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना, २ खर्ब ८ अर्बको माथिल्लो अरुण र २ खर्बको तमोरसहित कर्णाली र भेरी करिडोरका उच्च भोल्टेज प्रसारण लाइन गरी कूल ८ खर्ब ३९ अर्ब २५ करोडका ५ आयोजना राखिएका छन् । यस्तै, १२९० मेगावाट क्षमताको बहुउद्देश्यीय बूढीगण्डकी आयोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न ४ खर्ब रुपैयाँको लगानी प्रस्ताव गरिएको छ ।

यातायाततर्फ ६ वटा ठूला आयोजनाका लागि ५ खर्ब ४८ अर्ब रुपैयाँ लगानी पस्कन लागिएको छ । जसमध्ये २ खर्ब २१ अर्ब लागतको ९६.५ किमि लामो चन्द्रागिरी–चित्लाङ–पालुङ एक्सप्रेसवे (काठमाडौँ-चितवन यात्रा १ घण्टामा सीमित गर्ने) र २ खर्ब ५० अर्बको मझिमटार–शक्तिखोर सुरुङमार्ग तथा मिश्रित सहर आयोजना मुख्य आकर्षण हुन् । यसका साथै १६२ अर्बको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरण, ६७ अर्ब ५० करोडको कोहलपुर–सुर्खेत एक्सप्रेसवे, ८० अर्बको बुटवल–पोखरा एक्सप्रेसवे, दाउन्ने टनेल रोड (१०.८० अर्ब) र धरान–लेउती टनेल रोड (६.७५ अर्ब) समेत शोकेस गरिनेछ ।

औद्योगिक, सहरी तथा अन्य उदीयमान क्षेत्रमा पनि ठूलो लगानीको अपेक्षा राखिएको छ । १ खर्ब १ अर्ब ७५ करोडका ३ औद्योगिक आयोजनामध्ये ४० अर्ब ५० करोडको शक्तिखोर औद्योगिक पार्क, ५१ अर्ब २५ करोडको धौबादी फलाम उत्खनन र १० अर्बको नौबस्ता औद्योगिक पार्क परेका छन् । सहरी विकासतर्फ ५० अर्ब लागतको भृकुटीमण्डप ग्लोबल कन्भेन्सन एन्ड डिजिटल हब, ५० अर्बको छहरे स्याटेलाइट लजिस्टिक सिटी, ४५ अर्बको मानेदोभान इको टाउन र ५५ अर्बको महेशफाँट स्याटेलाइट आईटी सिटी गरी २ खर्बका आयोजना छन् ।

यसै गरी, प्रविधि र कृषि-पर्यटनमा ५० अर्ब लागतको दोलखा र मनाङमा निर्माण हुने एआई ग्रिन डाटा सेन्टर, ३० अर्बको मुस्ताङ एकीकृत स्याउ खेती तथा प्रशोधन आयोजना र ३० अर्बको खप्तड एकीकृत इको टुरिजम आयोजनामा समेत लगानी भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३