विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ए कोरोना, शुभ-प्रभात

कस्तो छ तिमीलाई ?

ooo

तिम्रो आगमनले विश्व हल्लियो

विज्ञानको आँगनमा

मृत्यु हाँस्न थाल्यो

अनुसन्धान र उपचार

सिमाना र पर्खालले विभक्त भए ।

मेरो भाषा, मेरो देश, मेरो भूगोल–

जय होस् !

ooo

कति लज्जित छ मानवता

र, यो सभ्यता

त्यसैले त मुर्झाएको छ

आगो ओकल्ने घाम पनि

रक्तस्राबले रुँदैछिन् चाँदनी

लर्खराएको छ, यो सिंगो धरा

ooo

हिमाललाई ज्वरो आएको छ

समुद्रलाई निमोनिया

मानिस मानिससँगै डराउँदैछ

र, त बेतोडले भाग्दैछ

उल्टो दिशा ताकेर

ooo

केही थान मास्कहरू

मानव सभ्यताको मुखौटो बन्दैछन्

उता भेन्टिलेटरमा छटपटाउँदैछ अस्तित्व

बगैचाको कोपिला निमोठिए झैँ

चाउरिँदैछन्, कलिला जवानीहरू

छट्पटाइरहेछन्, देहहरू वेदनामा

उता चिहानबाट निम्तो आएको छ, राँके भूतको

ooo

निस्पट्ट कालो रातमा

ऐठनबाट ब्यूँझेर म सोच्दैछु–

के यो लोकमा मृत्यु

डोली चढेर आएको हो

नव दुलही झैँ ?

ooo

यता बादल झैँ

विश्व विचरण गर्दै

निस्पक्षताको अलौकिक

अभिव्यञ्जनामा रम्दै

मानिसको अश्लिलतामा

जीवनको कला सुम्सुम्याउँदै

नशामा बहुलाएर

हामी उन्मुक्त हाँसोमा रमाइरहेछौं

ooo

हृदयमा बाक्लिएको तुवाँलोले

मुर्छित हुँदासम्म

किन भरिँदैछ, भकारीमा द्रव्य ?

सायद– परमात्माको रूपान्तरित आत्मा छ, सर्वत्र

कणकणमा सिद्धि र प्रसिद्धिको

गजुर टल्केको छ ।

ooo

हर निद्रा, चीर निद्रामा

बदलिने भय देख्दा–देख्दै

बौरन्न किन हो कुन्नी !

मानिसको जिउँदो आवशेष

ooo

भयको चपेटामा आखिर–

अस्पताल निरंकुश चिहान बन्दैछन्

विरामी देखेर तर्सिने संस्कृति फस्टाउँदैछ

मृत्युको हावाले हर–एक विक्षिप्त छन्

ooo

न साथी आउँछ न प्रिय

न त प्रियसीको एक थुँगा फूल

सुन्दैछु, तिमीले नभेटेको कुनै मान्छे

आफैंलाई कात्रो सिलाउँदैछ कतै

ooo

तर, उसको सर्त छ,

कात्रोमा गोजी हुनुपर्छ

कहिल्यै नचुहिने, नरित्तिने

उसको हरथोक अटाउने !

उफ ! उदेक–उदेक छ

यो जीवन र जगत !

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३