विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकरण  गर्ने भएको छ । प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरूको स्थानामा नयाँ जडान गरी केन्द्रलाई पुनर्स्थापना र आधुनिकीकरण गर्न लागिएको हो ।

विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरू पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि नयाँ जडान गर्न लागेको प्राधिकरणले जनाएको छ । विद्युत केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचनासमेत जीर्ण बनेका छन् ।

नेपाल र भारत सरकारबीचको गण्डक सिँचाइ तथा जलविद्युत आयोजना सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत केन्द्रबाट १९७९ को अप्रिलबाट विद्युत उत्पादन सुरु भएको थियो । भारत सरकारबाट गण्डक सम्झौता बमोजिम नेपाललाई जलविद्युतगृह  ३१ अगष्ट १९८१ मा हस्तान्तरण गरिएको थियो ।

एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले गण्डक जलविद्युतगृहको पुनस्र्थापना र आधुनिकरणको विस्तृत डिजाइन, लागत अनुमान तयार गरी प्राधिकरणमा पेश गरिसकेको छ । जलविद्युत केन्द्रको पुनस्र्थापना र आधुनिकरणका लागि करिब ४२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विद्युतगृहमा ५/५ मेगावाटका तीन वटा युनिट छन् । त्यसमध्ये २ वटा चल्ने अवस्थामा छन् भने एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन । चालू अवस्थामा रहेका युनिटका उपकरणहरू पुराना भएकोले फेर्नु पर्ने अवस्थामा छन् ।

दुई देशबीचको गण्डक सम्झौता बमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहीत रहेकोले भारतले नहरमा पानी छोडेका आधारमा विद्युतगृह सञ्चालन हुन्छ । जसले गर्दा विद्युतगृहलाई सजिलोसँग निरन्तर रुपमा वर्षैभरी सञ्चालन चुनौतीपूर्ण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले स्थलगत अनुगमन भ्रमण गरी जलविद्युत केन्द्रको अवस्थाका बारेमा जानकारी लिएका छन् । ४१/४२ वर्षअघि निर्माण भएको विद्युत केन्द्रका उपकरणहरू पुरानो भई चल्न नसक्ने अवस्थामा पुगेका र केन्द्र आफैं पनि जीर्ण बनेकोले पुनस्र्थापना तथा आधुनीकरणका लागि छिट्टै टेण्डर गर्न लागिएको घिसिङले बताए ।

‘मर्मतसम्भार र निरीक्षण भन्दै भारतीय पक्षबाट हरेक साल अक्टोबर–नोभेम्बर र मार्च–अप्रिलमा गरी झण्डै चार महिना नहर बन्द गर्ने गरेको छ’, उनले भने, ‘नहर बन्द भएपछि पानी उपलब्ध नहुँदा विद्युतगृह सञ्चालन गर्न सकिंदैन, चार महिना विद्युत उत्पादन बन्द हुँदा हामीले दैनिक रुपमा लाखौं रुपैयाँ आम्दानी गुमाउँछौं ।’

‘उपकरणहरू पुरानो भएकोले पानी उपलब्ध हुँदासमेत विद्युत केन्द्र पूर्ण क्षमतामा चल्न सकिरहेको छैन त्यसैले यसको पुनस्र्थापना र आधुनिकरण गर्न लागिएको हो’ उनले थपे ।

नेपाल–भारत सीमाको बिहार राज्यको बाल्मिकी नगरमा नारायणी नदीमा बाँध बनाइएको छ । उक्त बाँधबाट गण्डक मुख्य पूर्वी र पश्चिम दुई वटा नहर निर्माण गरी भारतर्फ सिँचाइका लागि नारायणी नदीको पानी लगिएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा सिँचाइका लागि निर्माण गरिएको गण्डक मुख्य पश्चिम नहरबाट  विद्युतगृह सञ्चालनका लागि पानी उपलब्ध हुन्छ । बाँधबाट झण्डै १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा विद्युतगृह रहेको छ ।

बिहार राज्यको जलसंसाधन विभागले गण्डक बाँधको सञ्चालन र मर्मत सम्भार गर्दै आएकोले उसकै नियमनमा बाँध सञ्चालन हुन्छ । विभागले आफ्नो राज्यको आवश्यकता अनुसार बाँधका ढोका खोली पानी लैजाने हुँदा सोही बमोजिम गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन हुँदै आएको छ ।

जाडो मौसममा सिँचाइका लागि पानी नचाहिने भएकोले हरेक वर्ष विभागबाट मर्मतसंभार तथा निरीक्षणका नाममा नहर बन्द गरिदिँदा उक्त समयमा विद्युत उत्पादन गर्न नसकिएको गण्डक जलविद्युत केन्द्र प्रमुख सुनील कुमार चतुर्वेदीले बताए ।

‘हरेक वर्ष नहरको मर्मत गरिने भनिएको हुन्छ, तर हामीले हेर्दा मर्मतको काम भएको देखिंदैन, हरेक साल करिब ४ महिना नहर बन्द हुँदा विद्युत उत्पादन गर्न सकिंदैन’, उनले भने, ‘हरेक वर्ष नहरको मर्मत आवश्यकता पर्दैन, यसबारे पटक–पटक विभागका अधिकारीहरूसँग छलफल गरिएको छ तर कुनै निष्कर्ष निकाल्न सकिएको छैन ।’ 

उत्पादित विद्युत गण्डक विद्युत केन्द्रको परिसरमा रहेको १३२ केभी गण्डक सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत बर्दघाट सबस्टेसन र भारतको रामनगरतर्फ प्रवाह गर्न सकिन्छ  । प्राधिकरणले आवश्यक परेकोमा बेला रामनगर सबस्टेसनबाट करिब ४० मेगावाट विद्युत गण्डक हुँदै आयात गर्ने गरेको छ । प्राधिकरणले गण्डकमा रहेको १३२÷३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरी परासी क्षेत्रमा विद्युत आपूर्ति दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit