विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित काउले गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न लागेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीको विस्तार गरी तामाङ, मगर र चेपाङहरूको बसोबास रहेको यो गाउँमा विद्युत पहुँच पुर्याउन लागेको हो ।

धादिङसँग सीमा जोडिएको दुर्गम गाउँमा पहिलो पटक विद्युत पुर्याउन पूर्व तयारीको काम भइरहेको प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । उनका अनुसार समुन्द्री सतहबाट १४ सय मिटरको उचाइमा रहेको यो गाउँमा विद्युत पहुँच पुर्याउन वितरण लाइन निर्माणको काम भइरेको छ ।

‘धादिङसँग सीमा जोडिएको भए पनि यो गाउँमा अहिलेसम्म विद्युत पुग्न सकेको थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले विद्युतीकरणका लागि संरचना बनाइरहेकाले अहिले स्थानीयमा धेरै हर्स छाएको छ ।’ उनले अबको २ सातामा स्थानीयको घर–घरमा विद्युत सेवा दिइने बताए ।

यो गाउँमा विद्युतीकरण विस्तार हुँदा करिब २ सय घरधुरीले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पाउने पनि सिंहले जानकारी दिए । गाउँमा विद्युत पुर्याउन १० किलोमिटर लामो ११ केभी लाइन निर्माण भइरहेको छ । वितरण केन्द्रका अनुसार यो लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गाउँमा विद्युतीकरण विस्तार गरेपछि भरतपुरबाट रेखदेख गर्न दुरीका हिसाबले टाढा पर्ने हुँदा धादिङ वितरण केन्द्रलाई जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको उनले बताए । ‘कुनै समस्या आएमा भरतपुरबाट प्राविधिक टोली पठाएर मर्मत सम्भार गर्न समय लाग्ने देखिन्छ । यही कारण यस क्षेत्रको जिम्मेवारी धादिङ वितरण केन्द्रले हेरोस् भन्ने हाम्रो चाहाना हो । हेरौं व्यवस्थापनले के निर्णय गर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit