विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाग्लुङको जैमिनी नगरपालिकास्थित ठेउले खोला जलविद्युत् केन्द्रको उत्पादन पुनः सुचारु हुने भएको छ । अविरल वर्षसँगै असार २३ गते आएको पहिरोले जलविद्युत् केन्द्रको बाँध क्षेत्रमा पर्ने इन्टेक गेटदेखि ग्राभेल ट्रापसम्मको भागमा लेदो तथा गेग्रान भरिएसँगै उत्पादन ठप्प भएको थियो । पहिरो आएको ८ दिनमै माटो हटाएर उत्पादन पुनः सुचारु गर्ने अवस्थामा ल्याउन सफल भएको केन्द्रले जनाएको छ । सोमबार साँझबाटै उत्पादन सुरु गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार संरचनालाई छोपेको माटो तथा गेग्रयान हटाउन २५ जना कामदार तथा स्काभेटर २ सिफ्टमा परिचालन गरिएको थियो । १.५ मेगावाट क्षमताको उक्त जलविद्युत् केन्द्र जैमिनी–१ र वडा नम्बर ४ को बीच भएर बग्ने ठेउलेखोलामा उक्त जलविद्युत् केन्द्र सञ्चालनमा छ । 

कुश्मिसेरा–सुर्कवा–ब्याडथला सडकखण्डमा आएको पहिरोले जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना आंशिक रूपमा छोपेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३