विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्स्चेञ्ज लिमिटेड (आइइएक्स) को डे–अहेड बजारमा ठूलो मात्रामा विद्युत निर्यात गरिरहेको छ । नेपालले दैनिक करिव ११ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गर्न थालेको हो ।

प्राधिकरणका अनुसार नेपालमा खपत भएर बाँकी रहेको उक्त मूल्य बराबरको बिजुली हाल निर्यात भइरहेको छ । प्राधिकरणले हाल निजी क्षेत्रका परियोजना र आफ्ना आयोजना गरी १४ आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गरिरहेको छ । यी परियोजनामार्फत भारतमा दैनिक औसतमा ११ हजार मेगावाट आवर अर्थात १ करोड १० लाख युनिट बिजुली निर्यात हुने गरेको प्राधिकरणका सूचना अधिकारी सुरेशबहादुर भट्टराईले बताए ।

‘दैनिक भारत जाने बिजुली हाल प्रतियुनिट ७ देखि ७.५ भारतीय रुपैयाँमा निर्यात भईरहेको छ, यसलाई औसतमा भन्दा प्राधिकरणले प्रतियुनिट ११ रुपैयाँमा भारतीय बजारमा नेपाली बिजुली विक्री गरिरहेको छ,’ उनले भने, ‘नेपालमा हाल प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका परियोजना गरी ५० हजार मेगावाट घन्टा भन्दा बढी बिजुली उत्पादन भइरहेको छ ।’

यसरी उत्पादन हुने बिजुलीमध्ये निर्यात र आन्तरिक बजार गरी ४९ हजार मेगावाट बढीको बिजुली माग हुने गरेको छ । त्यसमध्ये पनि १० देखि ११ हजार मेगावाट घन्टा बिजुली भारततर्फ निर्यात हुने गरेको प्राधिकरणे जानकारी दिएको छ । जसको मूल्य नै दैनिकजसो ११ करोड रुपैयाँ भन्दा बढी हुने गरेको छ ।

हाल बिजुली निर्यातका लागि स्वीकृति पाएका चिलिमे, सोलु खोला, काबेली बी–१, लिखु–४, तल्लो मोदी, सोलु–दूधकोसी, दोर्दी खोला, माथिल्लो कालंगा गाड र माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट उत्पादिन बिजुली भारत निर्यात भईरहेको छ । यस्तै, त्रिशूली, देवीघाट, मस्याङ्दी, कालीगण्डकी ए र मध्य मस्याङ्दीले पनि विद्युत निर्यातको अनुमति पाई निर्यात गरिरहेका छन् ।

भारतले हालसम्म ६३२ मेगावाट विद्युत आयातको लागि बाटो खुलाएको छ । ढल्केबर मुजफ्फरपुर प्रसारण लाईनबाट ११० र महेन्द्रनगर टनकपुर प्रसारण लाइनबाट ७० मेगावाट गरी थप १८० मेगावाट बिजुली निर्यातको बाटो खोलेपछि कुल निर्यात गर्न सकिने बिजुलीको परिमाण ६३२ मेगावाट पुगेको हो ।

यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ४५२ मेगावाट बिजुली निर्यात गर्दै आएको थियो । नेपालमा धेरैजसो जलविद्युत आयोजनाहरू नदी प्रवाही (रन अफ द रिभर) मोडलमा भएकाले बर्खायाममा बढी बिजुली उत्पादन भई खेर जाने अवस्था हुन्छ भने हिउँदमा उत्पादन न्युन हुन्छ र आयात गर्नुपर्ने बाध्यता हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit