विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुको सोलुखोला जलाधार क्षेत्रमा उत्पादित जलविद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको साेलु काेरिडाेर प्रसारण लाइनमा पर्ने जग्गाकाे मुआब्जा तथा क्षतिपूर्ति नपाएकाे भन्दै स्थानीयले गुनासाे गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेकाे १३२ केभी सोलु कोरिडोर सञ्चालनमा आएकाे २ महिना भन्दा बढी हुँदा समेत मुआब्जा दिन बेवास्ता गरिएकाे स्थानीयकाे गुनासाे छ । याे प्रसारण लाइन २०७८ साल फागुनदेखि सञ्चालनमा रहेकाे छ ।

उदयपुरको कटारीस्थित मरुवा क्षेत्रका करिब २० जना स्थानीयले अझैसम्म क्षतिपूर्ति नपाएको प्रभावित स्थानीय सूर्यबहादुर कार्कीले बताए । 'लाइन निर्माण गर्ने क्रममा डोजर, स्काभेटरले नष्ट पारेको धानको क्षतिपूर्ति, विद्यालयमा ३ सय सशस्त्र पुलिस राख्दा भएको क्षतिपूर्ति र नम्बरी जग्गा छेउको ऐलानी जग्गाको क्षतिपूर्ति मुआब्जा पाइएकाे छैन्,' उनले भने, ‘बाँकी मुआब्जा/क्षतिपूर्तिको विषयमा सम्बन्धित व्यक्तिसँग सम्पर्क हुन सकेको छैन् ।

आयोजनाका मानिसहरूसँग कुरा गर्न खोज्दा नम्बर ब्लकमा राखेको र नउठाउने गरेकाे कार्कीकाे भनाइ छ । उनका अनुसार मुआब्जा समितिले क्षतिपूर्ति पाउनेको नाम सार्वजनिक गरेको मध्ये १५/२० जनाले पाएका छैनन् ।

उदयपुरको कटारी नगरपालिका–४, मरुवामा लाइनको रुट सार्न करिब दुई वर्ष अवरोध भएको थियो ।

प्राधिकरण प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले आयोजना सम्पन्न भएको एक वर्षसम्म मुआब्जा/क्षतिपूर्ति लिन छुटेकाहरूलाइ वितरण हुने तर साेलु काेरिडाेरका हकमा छुट भएकाे विवरण प्राप्त नभएकाे बताए । ‘यो लाइनको पनि कटारीस्थित मरुवाका केही स्थानीयको बाँकी छ भन्ने सुनिएकाे छ तर विवरण आएकाे छैन,' उनले भने, ‘सरकारले तोकेको नियम र समितिमा भएको निर्णयअनुसार बाँकी रहेकाे देखिए वितरण गरिने छ ।’

याे प्रसारण लाइनकाे दूरी सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकास्थित तिङ्ला सबस्टेसनसम्मको ९० किलोमिटर छ । यसअन्तर्गत ३०२ वटा टावर निर्माण गरिएको छ ।

आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभीकाे ३० एमभिए र ३३/११ केभीकाे ८ एमभिए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । २०७६ भदौ ७ गतेदेखि सञ्चालनमा रहेकाे यो सबस्टेसनबाट सोलुखुम्बु, ओखलढुंगा र खोटाङसम्म विद्युत आपूर्ति हुँदै अाएकाे छ ।

सोलु बेसिनमा २३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोल-दूधकाेसी, ८२ मेगावाटको तल्लो सोलु लगायत आयोजनाको विद्युत तिङ्ला सबस्टेसनमा जोडिने छ । यो प्रसारण लाइनमा प्रवाह हुने गरी विद्युत प्राधिकरणले ३२५ मेगावाटका १२ आयोजनासँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit